arrow

के गर्लान् सञ्जय दत्तले मोदी अभियानको प्रचार ?

logo
प्रकाशित २०७६ असार ४ बुधबार
sanjay-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले  बलिउडका अभिनेता सञ्जय दत्तलाई एन्टि–ड्रगको ब्राण्ड एम्बेसडर बनाउने विषयमा छलफल गरिरहेको छ । केन्द्रीय सामाजिक न्याय र अधिकारिता मन्त्रालयका एक अधिकारीका अनुसार सञ्जय दत्तले बेलाबेखतमा उनिसँग आफ्नो ड्रगका अनुभव सार्वजनिक गर्ने गरेका छन् ।

यस्तोमा उनले नै युवालाई नशालु पदार्थबाट टाढा रहनका लागि राम्रोसँग प्रोत्साहित गर्नसक्ने सरकारका अधिकारीले बताएका छन् । भारतले २६ जुनमा आधिकारिक रुपमा यसको घोषणा गर्नसक्ने बताइएको छ ।

नशालु पदार्थको बारेमा मानिसलाई शिक्षित गर्ने, उनीहरुलाई जागरुक गर्ने, उनीहरुलाई परामर्श दिने र उपचार गराउनका लागि एन्टी ड्रग पोलिसीस एण्ड प्रोग्रामको शुरुआत गरिएको छ । यसको लक्ष्य सन् २०१८–२०२५ को अवधिमा बढ्नसक्ने लागू औषधि दुव्र्यसनको घटना कम गर्नु मात्र नभई नशामा फसेका मानिसलाई पनि यसबाट बाहिर ल्याउनु जरुरी छ ।

भारतले यो योजना मुलुकका १ सय २७ जिल्लामा लागू गर्नेछ । सामाजिक न्याय एवं अधिकारिता मन्त्रालयले भारतभर रहेका लागू औषध दुव्र्यसनबारे एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनअनुसार भारतमा २८ करोडभन्दा बढी मानस कुनै न कुनैं हिसाबले नशामा डुब्ने गरेका छन् ।

गत फेब्रुअरीमा सञ्जय दत्तको एक भिडियो भाइरल भएको थियो । यसमा उनले कुनै साथीले ड्रग लिनका लागि आग्रह गरेमा उसलाई नसुन्न आपिल गरेका थिए ।

 तर  ब्राण्ड एम्बेसडरको अफर संजयले स्विकार गर्छन् या गर्दैनन् त्यो हेर्न बाकि छ । संजय दत्तका बुवा सुनील दत्त कांग्रेसका संसद थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ