arrow

इन्द्रको पतनको रोमाञ्चक कथन, यसरी पाए फेरि आफ्नो सत्ता

logo
कथा,
प्रकाशित २०७६ असार ४ बुधबार
indra_dikpala.jpg

काठमाडौं । देवताहरुका राजा र ऐरावतका अधिपति इन्द्रको दरबारमा जब उनका गुरु बृहस्पति पुगे तब उनले बृहस्पतीतर्फ हेरेनन् उनको अवज्ञा गरे । उनि भित्र अभिमान आयो कि म त सम्राट हुँ यो सोचेर बृहस्पतितिर नहेरी आफ्नो काम गरिरहे। यस प्रकार उनको अभिमान जागृत भएपछि उनको शक्तिमा ह्रास आउन थाल्यो र उनको तेज समाप्त हुदै गयो ।

एकदिन उनको दरबारमा जब एक राक्षस आए तब उसलाई देखेर सबै देवताहरु जम्मा भए । राक्षसको शरीरबाट दिव्य प्रकाश, तेज निस्किरहेको थियो। इन्द्रको नजिक जब राक्षस पुगे तब इन्द्रको अनुहार कालो भयो, फीका पर्यो । यो देखेर सारा देवताहरुले त्यस राक्षसको सम्मान गरे । इन्द्रले सोचे,'यहाँ मेरो अवज्ञा भइरहेको छ यहाँ मलाई कसैले खोजिरहेको छैन । अत: म यहाँबाट जान्छु ।' यसप्रकार इन्द्र आफैले आफैलाई स्वर्गबाट निष्कासित गर्छन् ।

इन्द्र गएपछि सबै देवताहरुले त्यस देदीप्यमान राक्षससँग भन्छन्,'महाराज तपाई त निकै तेजस्वी हुनुहुन्छ । महान हुनुहुन्छ । हामी तपाईसँग प्रार्थना गर्छौ कि तपाई हामीलाई संचालन गर्नुहोस ।' यस प्रकार सो राक्षस इन्द्रको सिंहासनमा बसेर देवताहरुको अधिपति राजा बने ।

इन्द्र सोच्न थाले,' हिजो म राजा थिए र आज म भिखारी बने। हिजो जसको म दमन गर्थे त्यो राक्षस आज मेरो सिंहसानमा बसेको छ यो कसरी भयो ? आखिर के रहस्य छ कि मेरो शरिरबाट तेज निस्किएको छैन र यो जुन यस समय राजा बनेर बसेको छ  यसको यती योगक्षेम कसरी भयो ?'

यसको रहस्य जान्नको लागि इन्द्र आभूषणहरुलाई त्यागेर साधारण बस्त्र लगाएर त्यस राक्षस सामु पुग्छन् र भन्छन्,'महाराज म तपाईको सेवामा रहन चाहन्छु ।' इन्द्रको यस्तो आग्रह सुनेर राक्षसले भने,'ठिक छ म तिमिलाई आफ्नो नीजी सेवाको लागि राख्छु । नित्य प्रतिदिन मेरो सामुने रहनु र मेरो आज्ञानुसार सेवा गर्नु ।'

इन्द्र जब उसको नजिक रहन थाले तब देखे त्यो महामानव के गर्थ्यो। ति राक्षसले निराभिमानी बनेर, समर्पित भावबाट आफ्नो गुरुमहाराजको सेवा गरेको, भजन भक्ति गरेको देखे। यस प्रकार उसले आफ्नो आत्माको शक्तिलाई यति जागृत गरेका थिए कि त्यो आत्माको शक्ति त्यसको तेज उसको शरीरबाट प्रकट भैरहेको थियो ।

यो देखेर इन्द्रलाई निकै आश्चर्य लाग्यो कि यत्रो उचो स्थान पाएर पनि, यो मेरो सिंहासनमा बसेको छ फेरी पनि यसले आफ्नो गुरु शुक्राचार्यलाई विर्सिएको छैन र आफ्नो गुरु महाराजको सेवा गर्छ, चराणामृत लिन्छ र निरन्तर उनको भक्ति गर्छ । तब इन्द्रलाई स्मरण भयो र अफसोच भयो कि मेरा पनि गुरु बृहस्पति थिए तर मैले उनको निरादार गरे । म भक्तिको मार्गमा विमुख भए । मलाई अहंकार आयो कि म देवताहरुको स्वामी हुँ र यसै अहंकारले मेरो पतन गर्‍यो ।

तब इन्द्रले पुन: आफ्नो गुरु महाराजको सेवा गर्न सुरु गरे । निराभिमानी भएर बिस्तारै बिस्तारै भक्ति- भजन प्रारम्भ गरे । यस प्रकार जब उनि दिन हिन बनेर साधना गर्न थाले उनि आफ्नो लक्ष्यमा पुगे । अन्त: उनले राक्षसलाई पराजित गरे । राक्षसलाई हराएर उनि देवलोकमा पुगे तब सबै देवताहरुले भन्न थाले,'महाराज तपाई कहाँ जानुभएको थियो ? आउनुहोस सिंहासनमा बस्नुहोस र हामी माथि शासन गर्नुहोस ।'

इन्द्रको सफलताको जुन रहस्य थियो त्यो थियो उनको आफ्ना गुरुमहाराजप्रतिको समर्पण भाव, आफ्नो गुरुको सेवा र साधना। जसद्वारा उनले पुन: शक्ति आर्जित गरेर आफ्नो देवलोकलाई प्राप्त गरे।

यस प्रकार हामी पनि इन्द्र हौ ।  प्रत्येक व्यक्ति इन्द्र हो । यी जुन पाँच कर्मेन्द्रिय, पाँच ज्ञानेन्द्रिय छन् आकाश, वायु, अग्नी, जल र पृथ्वी यी पाँच तत्व यी सबै देवता हुन् । यी देवताहरुको हामी अधिपति बनेका छौ । यदि हामी आफ्नो मिथ्याभिमानमा डुबेर आफ्नो गुरुमहाराज माथि, धर्म माथि आफ्नो कर्तव्य  विर्सिएर त्यसको अवज्ञा गर्न थाले हाम्रो पनि त्यस देवाधिदेव इन्द्रको जस्तै पतन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ