arrow

कोलम्बिया कोपा अमेरिकाको क्वार्टरफाइनलमा, कतार पराजित

logo
प्रकाशित २०७६ असार ५ बिहिबार
columbia.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ । ब्राजिलमा जारी प्रतियोगिताको समूह चरणमा लगातार दोस्रो जित निकालेको कोलम्बियाले कतारलाई १–० गोल अन्तरले हरायो । यो जितले कोलम्बिया क्वार्टरफाइनलमा पुगेको छ । 

बिहीबार बिहान भएको खेलमा कतारलाई जिताउने क्रममा डुभान जापाटा नायक बने । जापाटाले खेलको ८६ औं मिनेटमा कोलम्बियाका लागि निर्णायक गोल गरे ।

Colombia forward Roger Martinez, left, had an effort ruled out for offside in the first-half

जितसंगै समूह बी को कोलम्बियाले २ खेलबाट ६ अंक जोडेको छ । यसअघि पहिलो खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–० गोल अन्तरले हराएको थियो ।

Tottenham's Davinson Sanchez rises above the defence to direct a header at goal

सन् २०२२ को विश्वकप आयोजक कतारको यो पहिलो हार हो । पहिलो खेलमा कतारले पाराग्वेसंग २–२ गोलको बराबरी खेलेको थियो ।

 समूह बी को अर्को खेलमा अर्जेन्टिना र पाराग्वे भिडिरहेका छन् । हाफटाइमसम्म अर्जेन्टिना पछाडि छ । यो खेल पाराग्वेले जिते पाराग्वे र कोलम्बिया क्वार्टरफाइनलमा पुग्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ