arrow

प्रतिपक्षीले सुदुर पश्चिममा जलाए बजेट पुस्तिका

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ असार ५ बिहिबार
pustika.jpg

धनगढी ।जनता मैत्री बजेट नल्याई आसेपासेलाई बाड्दै लुटतन्त्र मच्चाएको भन्दै प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको बिरोध गर्दै प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले बजेट पुस्तिका जलाएका छन्।

बजेट माथी छलफल गर्न बिहीबार बसेको प्रदेशसभा बैठक बहिस्कार गरेर  प्रतिपक्षिदलका प्रदेशसभा सदस्यहरूले प्रदेशसभा भवन अगाडी बजेट पुस्तिका जलाएका हुन्। प्रदेश सासंदलाई  अपमान गर्ने गरि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट ल्याएकोले रातो किताब जलाएको नेपाली कांग्रेस संसदीय दलका नेता रण बहादुर रावलले बताए। उनले भने, ‘प्रदेश सरकार लुटतन्त्रमा व्यस्त छ, आसेपासेलाई बजेट बाँडिरहेको छ।’जनतामैत्री बजेट नल्याएकाले बजेट पुस्तिका जलाइएको डाक्टर रावलले बताए।

यस्तै अर्का प्रदेश सदस्य भरत खडकाले लुटतन्त्र मच्चाउन र सत्तारुढ दलका साँसदहरुले आसेपासेलाई पाल्न बाँडनका लागि रातोकिताबमा शिर्षक विनै बजेट राखिएको छ आरोप लगाए । उनले यस्तो बजेट आफूहरूलाई स्वीकार्य नहुने बताए।

कांग्रेस र राजपाका प्रदेश सदस्यले बजेट शंसोधन नगरुन्जेल आफूहरूलाई मान्य नहुने बताएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने बजेट समानुपातिक र सबैलाई समेटेर ल्याएको बताएका छन । कांग्रेसको अबरोधका कारण अबरुद्ध प्रदेशसभा बैठक ८ गते बस्ने गरि स्थगित गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ