arrow

नेकपामा सांसदहरु सरकारको विरोधमा

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं। गुठी विद्येयक विवादित बनेपछि सत्तारुढ दलका नेकपाका सांसद दुई ध्रुवमा विभाजित भए। काठमाडौँबाट प्रतिनिधित्व गर्ने सांसद र नेता विद्येयक फिर्ता गर्नुपर्ने पक्षमा उभिए, काठमाडौँ बाहिर खासगरी पश्चिम क्षेत्रका सांसदले विद्येयक जसरी पनि अघि बढाउनुपर्ने भन्दै संसद्भित्र चर्को आवाज उठाए।

नेकपा सांसदको यस्तो दुई धार एक साताअघि लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा पनि देखिएको थियो। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन रद्द गर्न निर्देशन दिने कि नदिने भन्नेमा नेकपाका सांसदहरु एकमत देखिएनन्। 

अहिले आफ्नै नेतृत्वको सरकारले ल्याएको बजेटमाथि संसद्मा छलफल चलिरहेको छ। नेकपा सांसदहरु बजेटकै विपक्षमा बोलिरहेका छन्। (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ