arrow

वैज्ञानिकले फेला पारे मानव जीवनको सम्भावना रहेका दुई ग्रह

logo
एजेन्सी
प्रकाशित २०७६ असार ६ शुक्रबार
earth-like-planet.png

काठमाडौं । वैज्ञानिकले मानव जीवनको सम्भावना भएको दुई ग्रह पत्ता लगाएका छन् । अहिले पत्ता लगाइएको ग्रह पृथ्वीकै आकारका छन् । साथै ती ग्रह अर्बौं वर्ष पुराना पनि हुन्। जसकारण यसले मानव जीवनको सम्भावना हुनसक्ने बताइएको छ । 

अहिले आफ्नै तारालाई परिक्रमा गरिरहेका ती दुई ग्रहको घुम्ने प्रणाली हेर्दा उक्त ग्रहमा जल प्रवाह र बसोवासका लागि उचित तापक्रम हुनसक्ने बताइएको  छ । 

यी दुई ग्रह टीगार्डेन्स तारालाई परिक्रमा गरिरहेका छन् । तारा पृथ्वीभन्दा १२ प्रकाश वर्ष टाढा छ । १२ प्रकाश वर्षमा सात सय ५ खर्ब ४० अर्ब माइल टाढा हो । अन्तरिक्षको हिसाबमा यो धेरै टाढाको दूरी भने होइन । 

उक्त ग्रह र तारामा गरिएको अध्ययनमा टीगार्डेन्स तारा स्थिर देखिएको छ । यसबाट ठूलो सौर्य ताप वा कुनै हिंस्रक गतिविधि पनि नहुने पाइएको छ । 

यदि अहिलेको आँकलनअनुसारको कक्ष र घुम्ने गति भएको खण्डमा त्यहाँ पुग्न कुनै किसिमको समस्या आउने सम्भावना कम छ । अन्य गणनामा उक्त दुई ग्रहमा पृथ्वीको जस्तै अनुकूल वातावरण हुनसक्ने आँकलन गरिएको छ । 

तर, यी सबै आँकलन मात्र हो । वास्तविक रुपमा भने यसको मापन गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ