arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९० प्रतिशत मुआब्जा वितरण

logo
प्रकाशित २०७२ चैत १२ शुक्रबार
pokhara-airport.jpg.jpeg
पोखरा। पोखराको छिनेडाँडामा निर्माण गर्न लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नपुग थप जग्गाको करिब ९० प्रतिशत मुआब्जा वितरण कार्य सकिएको छ। पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बिहीबारसम्म ४ सय ९६ जना जग्गाधनीलाई दुई अर्ब ५० करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर सुपरभाइजर दीपज्योति राजभण्डारीले जानकारी दिएकाछन्।
 
अहिलेसम्म ४३९।५२ रोपनी जग्गाको मुआब्जा जग्गाधनीले बुझिसकेका छन्। पहिलो चरणमा ७२।६० रोपनीको ५९ जना, दोस्रो चरणमा ३०१।४२ रोपनीको २७८ जना र तेस्रो चरणमा ६५।५० रोपनीको १५९ जनालाई मुआब्जा वितरण गरिएको हो।
 
कुल नपुग ६२९ रोपनीमध्ये केही जग्गा सार्वजनिक र बाटोमा समेत परेकाले अब ५१ रोपनीको मात्रै मुआब्जा वितरण गर्न बाँकी रहेको र त्यो पनि वितरणको प्रक्रियामा रहेको राजभण्डारीले बताए।
 
विभिन्न चरणमा मुआब्जा लिन छुटेका जग्गाधनीले मुआब्जा लिन आएमा म्याद बढाएर भए पनि मुआब्जा दिन सकिने आयोजनाले जनाएको छ।
 
अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले विमानस्थलभित्र परेका करिब ३० वटा घरटहराको पनि मुआब्जा वितरण गरिसकेको छ। आयोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी ६४ लाख रुपैयाँ र बाटो नभएको जग्गाको प्रतिरोपनी ४८ लाख रुपैयाँ दिने गरेको छ।
 
नपुग जग्गाको अधिग्रहण कार्य अन्तिम चरणमा पुगेको र विमानस्थल निर्माणमा ऋण सहयोग गर्ने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता पनि भइसकेकाले विमानस्थलको शिलान्यास गरी निर्माण कार्य अघि बढाउन सहज भएको बताइएको छ।
 
विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिए पनि विभिन्न कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ