arrow

मुलुक ‘गिरिजाबाबु’ ले देखाएको बाटोमा – सुजाता कोइराला 

logo
प्रकाशित २०७६ असार ८ आइतबार
sujata-hk.jpg

हङकङ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले गिरिजाप्रसाद कोइराला ‘गिरिजाबाबु’ ले देखाएको बाटोमा मुलुक अगाडि बढेको बताएकी छिन् । 

गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको हङकङ शाखाको उद्घाटन गर्दै उनले नयाँ नेपालको सुरुवात गिरिजाबाबुले गरेको बताएकी हुन् ।  

“नेपाल र विदेशी मुलुकको सम्बन्ध राम्रो बनाउन फाउण्डेशनले पुलको काम गर्नेछ,”–नेतृ कोइरालाले भनिन् । मुलुकको विकासको जग गिरिजाबाबुले बसालेको उनको भनाई छ । 

नेत्री कोइरालाले नेपालको शिक्षा, स्वास्थ्य, पर्यटनको विकासका लागि फाउण्डेशनले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । 

गिरिजाबाबुले नेपालको राजनीति आन्दोलनमा गरेको योगदानलाई समावेश गरेर विराटनगरमा म्युजियम निर्माण गरिने उनले उल्लेख गरेकी छिन् ।  

फाउण्डेशन हङकङ शाखाका संयोजक दुर्गा गुरुङले फाउण्डेशनले हङकङ र नेपालको सम्बन्ध विस्तारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ