arrow

भाजापा नेताले आफ्नै कार्यकर्तासँग गरे तेस्रो विवाह

logo
प्रकाशित २०७६ असार ८ आइतबार
bhajapa-leader.jpg

काठमाडौं । भारतको गुजरातमा एक ४५ वर्षीय नेताले आफ्नै कार्यकर्तासँग तेस्रो विवाह गरेका छन् । गुजरातका भारतीय जनता पार्टीका नेता शंकरभाई अमलियार दाहोदले जिल्ला इकाइ मोर्चाकी उपाध्यक्षसँग विवाह गरेका हुन् ।

अहिले अमलियार  अहिले जिल्लाका भाजपा अध्यक्ष हुन् । शंकरभाइको पहिलो विवाह फतेपुराका विधायक रमेश कटाराको बहिनीसँग भएको थियो । उनका चार बच्चा छन् । उनको पहिलो पत्नीको निधन सन् २०१० मा भएको थियो ।

सन् २०११ मा उनले ज्योत्सनाबेनसँग दोस्रो विवाह गरेका थिए । उनीहरुको बीचमा पनि राम्रो सम्बन्ध रहन सकेन । घरेलु विवादको कारण ज्योत्सनाबेनसँग गत वर्ष उनले सम्बन्ध विच्छेद गरेका थिए ।

गत बिहीवार अमलियारले १८ वर्ष कान्छी जल्पाबेनसँग विवाह गरेका छन् । जल्पाबेन पनि भाजपा कार्यकर्ता हुन् । उनी पछिल्लो केही वर्षदेखि राजनीतिमा सक्रिया रहँदै आएकी छिन् । उनी एमएससीको दोस्रो वर्षमा अध्ययन गरिरहेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ