- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पहिले विग मर्जरको पक्षमा नदेखिएका गभर्नर चिरञ्जीवी नेपाल अन्तिम समयमा भने गलेको संकेत देखाएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा गभर्नर नेपालले बैंकहरुलाई पनि मर्जरमा लैजाने नीति ल्याउने संकेत दिएका हुन् ।
मौद्रिक नीतिको सुझाव संकलनको लागि भएको कार्यक्रममा उनले लघुवित्तको मर्जरमा जस्तो कडा जवाफ नदिएको भएपनि मौद्रिक नीति मार्फत् बैंकहरुलाई मर्जरमा जान बाध्य पार्ने खालको नीति ल्याउने संकेत गरेका हुन् ।
उनले बिग मर्जरमा व्याजदर तयार पार्दाको जस्तो दबाबका लागि मन्त्री र प्रधानमन्त्री कहाँ नधाउन पनि चेतावनी दिएका छन् । उनले प्रेम र विहे जस्तो बैंकहरुको मर्जरलाई तुलना गर्दै विहे गर्नु अघि प्रेम गरेजस्तै तयारीमा जुट्न निर्देशन दिएका हुन् । उनले बैंकहरुले लभ गर्ने समय रहेको बताउनुले उनी मौद्रिक नीतिमा बिग मर्जरबारे केही संकेत दिएका छन् ।
आगामी मौद्रिक नीतिमा सञ्चालक समितिमा प्रतिनिधित्व गर्नेको योग्यता संशोधन गर्ने संकेत पनि उनको छ । बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकर संघले आफ्नो लिखित सुझावहरु राष्ट्र बैंकलाई बुझाईसकेको भन्दै आफ्ना ती मागहरु पूरा हुने आशा व्यक्त गरेका छन् ।