arrow

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन 

logo
प्रकाशित २०७६ असार ९ सोमबार
guthi-bill.jpg

काठमाडौं । सरकारले फिर्ता लिएको गुठी विधेयक फिर्ता नभई खारेजीको माग गर्दै सम्पदाप्रेमीहरुले न्यूरोडमा प्रदर्शन गरेका छन् । न्यूरोडको जुद्ध शालिकमा जम्मा भएका सम्पदाप्रेमीहरुले विधेयक फिर्ता गरी खारेज गर्न माग गर्दै आन्दोलन गरेका हुन् । 

राष्ट्रिय पहिचान संरक्षण संयुक्त समितिको संयोजनमा विभिन्न सम्पदाप्रेमी संगठनहरुले दोस्रो चरणको कार्यक्रम अन्तर्गत् सोमबार यस्तो प्रदर्शन गरेका हुन् । गत असार ४ गते माईतीघर मण्डलामा भएको समितिको पहिलो चरणको आन्दोलनको अन्तिम दिन विशाल प्रदर्शन गरेपछि समितिले दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो । 

सरकारले असार ३ गते पत्रकार सम्मेलन गरेर संसदबाट सो विधेयक फिर्ता लिने घोषणा गरेको थियो । सरकारले फिर्ता लिने प्रक्रिया समेत सुरु गरिसकेको छ । तर, आन्दोलनरत प्रदर्शनकारीहरुले भने विधेयक फिर्ता नभई खारेजीको माग गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ