arrow

गुगल म्यापमा देखिए छत्रपति शिवाजी

logo
प्रकाशित २०७६ असार १० मंगलबार
chatapati-shivaji.JPG

काठमाडौं । गुगल म्याप्सको प्रयोग अब केवल बाटो पत्ता लगाउनका लागि मात्र नभई अन्य धेरै कामको लागि प्रयोग गरिने गरिएको छ ।

हालसालै भारतको महाराष्ट्रको एक खेतमा जुम गरेर हेर्नका लागि मानिसहरुले यसको प्रयोग गरेका छन् । सामाजिक सञ्जालमा पनि यो भिडियो निकै भाइरल बनेको छ । साथै मानिसहरुले यसको तारिफ पनि गरिरहेका छन् ।

उक्त खेतमा जुम गर्दा छत्रपति शिवाजीको तस्वीर भेटेका थिए । २ लाख ४० हजार वर्गफिटमा फैलिएको खेलमा यो विशाल तस्वीर फैलिएको छ । यो महाराष्ट्रको लातूर जिल्लाको निलंगा गाउमा छ ।

बिजनेश इन्साइडरका अनुसार यसको निर्माण गत फेब्रुअरीमा गरिएको थियो । १९ फेब्रुअरीमा शिवाजी जयन्तीमा उनलाई श्रद्धाञ्जलि दिनु उसको उद्देश्य थियो ।

छत्रपति शिवाजी महाराजले सन् १६७४ मा पश्चिम भारतमा मराठा साम्राज्यको आधार राखेका थिए । उनले कयौं वर्ष औरंगजेबको मुगल साम्राज्यसंग संघर्ष गरेका थिए । शिवाजीको जन्म १९ फेब्रुअरी १६३० मा शिवनेरी किल्लामा भएको थियो ।

शाहजी भोंसलेको प्रथम पत्नी जीजाबाईराजमाता जिजाऊको कोखबाट छत्रपती शिवाजी महाराजको जन्म  भएको थियो। शिवनेरीको किल्ला पुणेदेखि उत्तर तर्फ जुन्नार नगरको नजिक रहेको छ । उनको वाल्यकाल राजा राम, गोपाल, सन्तहरुको कथा र सत्सङ्गमा बितेको थियो । उनी सबै कलाहरुमा माहिर थिए, उनले बाल्यकालमा राजनीति एवं लडाईको शिक्षा लिएका थिए ।

उनको पिता अप्रतिम शूरवीर थिए । जीजाबाई उच्चकुलमा उत्पन्न असाधारण प्रतिभाशाली थिइन् । जीजाबाईराजमाता जिजाऊ जाधव वंशका थइा् र उननको पिता एक शक्तिशाली सामन्त थिए ।

 शिवाजी महाराजका चरित्रमा माता-पिताको धेरै प्रभाव परेको पाइन्छ बल्यकालदेखि नैं ती त्यस युगका वातावरण र घटनाहरुलाई राम्ररी समझने गर्थे।  तिनको बाल-हृदयमा स्वाधीनताको उज्यालो प्रज्वलित भएको थियो । उनले केही स्वामिभक्त साथिहरुको सङ्गठन गरे। अवस्था पर्दा  विदेशी शासनको बेडीहरु तोड फ्याँक्ने तिनको संकल्प प्रबलतर हुँदै आएको छ। छत्रपती शिवाजी महाराजको विवाह सन् १४ मे १६४० मा साइवाईं निम्बालेर सँग लालमहलमा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ