arrow

संसद्मा ‘गलबन्दी च्यातियो ...’ गीतको चर्चा

logo
प्रकाशित २०७६ असार १० मंगलबार
samsad.jpg

काठमाडौं ।  प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाइन् । साथै उनले सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गरिन् ।

सांसद महेश्वरजङ्ग गहतराजले पनि ‘गलबन्दी च्यातियो ...’ शीर्षकको गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै  जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए ।  

सांसद विमला नेपालीले गृहमन्त्रालयको कहिले रोक्ने र कहिले दिने भन्ने निर्देशनले नेपाली नागरिकतासम्बन्धी समस्या बल्झिरहेको छ भन्दै ११ महीनादेखि ओझेलमा रहेको सोसम्बन्धी विधेयकलाई तत्काल अघि बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ