arrow

राष्ट्रिय सभाबाट गुठी विधेयक सर्वसम्मत फिर्ता

logo
प्रकाशित २०७६ असार १० मंगलबार
rastriya_sava11.jpg

काठमाडौं । राष्ट्रिय सभामा दर्ता गरिएको गुठी सम्बन्धी विधेयक विधिवत रुपमा फिर्ता भएको छ । म‌गलबार राष्ट्रिय सभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले फिर्ता लिन गरेको प्रस्तावमा सा‌ंसदहरुको सर्वसम्मतिले फिर्ता भएको हो ।  

गत बैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको सो विधेयक काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका गुठियारहरुले आन्दोलन गरेपछि बाध्य भएर सरकारले गत असार ३ गते गुठी विधेयक फिर्ता लिने घोषणा गरेको थियो । 

असार ४ गते काठमाडौंको माईतीघर मण्डलामा आयोजित विशाल जनप्रदर्शनपछि आत्तिएको सरकारले तत्कालै सो विधेयक फिर्ता लिने प्रक्रिया सुरु गरेको थियो । गुठियारहरुले विधेयक फिर्ता नभएर खारेज नै हुनुपर्ने माग राख्दै आएका छन् । तर, मंगलबारबाट विधिवत रुपमा नै यो विधेयक फिर्ता भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ