arrow

नेकपा महासचिव पौडेलसँग सिके राउतको बाक्लो उठबस !

logo
प्रकाशित २०७६ असार १० मंगलबार
CK-Bishnu.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेललाई दक्षिण कोरियाका लागि बिदाई गर्न कुनै समयमा बिखण्डनकारी मानिएका सिके राउत बिमानस्थल पुगेका छन्।

पौडेल दक्षिण कोरियामा हुने ‘ईमिनेन्ट साउथ एसियन डिग्निटरिज प्रोग्राम’मा सहभागी हुन गएका हुन्। उनीसँग नेकपाका नेता कृष्णगोपाल श्रेष्ठ पनि उक्त कार्यक्रममा सहभागी हुन पौडेलसँगै कोरिया लागेका छन्। कृष्ण गोपाल श्रेष्ठले सार्वजनिक गरेको तस्विरमा श्रेष्ठ, पौडेल र राउत हँसिलो मुद्रामा देख्न सकिन्छ।

बिखण्डनकारी मानिएका राउतलाई सरकारले फागुन २४, २०७५मा मुलधारको राजनीतिमा ल्याएको थियो। राउतले आफ्ना सबै विखण्डनकारी गतिबिधी त्यागेको सार्वजनिक घोषणा गरेका थिए। सो समयमा नाटकीय रुपमा रातारात वार्ता गरेर सहमतिमा पुगेको घोषणा गरिएको थियो। राउतको आफ्नो ‘बिखण्डनकारी’ योजना त्यागेको घोषणा कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको उपस्थिती रहेको थियो।

नेकपा महासचिव पौडेलको सक्रियतामा भएको भनिएको सहमति पछि जनमत पार्टी पनि गठन गरेका राउतको सानिध्यता त्यसयता पनि पौडेलसँग उस्तै रहेको छ।

बिमानस्थलमा बिदाई गर्न जाने राउतको क्रियाकलापले केही आशंका जन्माएको छ। के राउत नेकपामा प्रवेश गर्ने सही समय कुर्दैछन् ? के तत्कालिन नेकपा एमालेसँग भुमिगतकालमा पनि उनको राम्रो सम्बन्ध रहेको थियो? के तत्कालिन एमालेको योजना मुताविक उनले नेपाली राजनीतिमा ध्यान तान्न बिखण्डनकारीको भुमिका निभाएका थिए ?

सिके राउत र उनको पथ

बिस. २०७१ देखि पटक-पटक पक्राउ परेका राउतले अदालतबाट जमानत प्राप्त गर्दै बाहिर आउने र आफ्नो बिखण्डनको योजनामा लागिरहने गर्थे। उनलाई पक्राउ गर्न प्रहरी गएपछि उनले पत्रकारलाई फोन गरेर बोलाउने, आफ्नो कुरा राख्ने र फोटो खिचाउने उनको नियमित कार्य रहेको स्थानीयहरु बताउँछन्।

सिके राउतमा अनुसन्धानका क्रममा तराईमा रहेका सशस्त्र भुमिगत समुहहरुसँग पनि राउतको सम्बन्ध रहेको सार्वजनिक भैसकेको तथ्य हो। उनले भुमिगत समुहहरुलाई प्राविधिक ज्ञान दिने गरेको अनुसन्धानको क्रममा भेटिने गरेको थियो।

तत्कालिन समयको गोईत समुह, ज्वाला सिंह समुह, जनतान्त्रिक मुक्ति मोर्चा आदिसँग उनको सम्बन्ध रहेको थियो। उनले सबै समुहलाई एक गरेर मधेशमा बिद्रोह गर्ने र मधेशलाई छुट्टै देश बनाउने योजना गरेका थिए।

राज्यले सशस्त्र समुहहरुसँग वार्ता गरेर निस्तेज पारे पछि राउत शान्तिपूर्ण आन्दोलनको नाममा मधेश छुट्टयाउने अभियानमा लागेका थिए।

उनले ‘मधेश स्वराज’ नामक पुस्तक पनि लेखेका छन्। उक्त पुस्तकमा १०-१२ बर्षमा मधेशलाई छुट्टै देश बानउने कुरा उल्लेख गरेका थिए।

तत्कालिन एमालेसँग सम्बन्ध !

यसरी मधेश छुट्टयाउने योजनामा अघि बढिरहेका राउतलाई फागुन २३, २०७५मा यसअघि राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले बदर गर्दै साधारण तारेखमा रिहा गर्ने निर्णय गरेको थियो ।

२३ गते साधारण तारिखमा छुटेका राउतले २४ गते आफ्ना सबै क्रियाकलाप छोडेको घोषणा गरे पछि अनेक प्रश्नहरु उठेका थिए। उनीसँग सरकारले निरन्तर वार्तामा रहेको बताए पनि आफ्नो उद्देश्य सहित अगाडि बढेका राउतले कसरि माने मुलधारको राजनीतिमा आउन ? यो अझै शंकामा छ।

यसअघिका सरकारले पनि राउतसँग वार्ताको धेरै प्रयास गरेका थिए। कुनै सरकार पनि सफलताको नजिकसम्म पुगेका थिएनन्। तर केपी ओलीको सरकारले रातारात ‘अचम्म’ गरेको थियो।

यस्ता प्रश्नहरुले उनी मुलधारको राजनीतिमा रहेको तत्कालिन एमालेको राजनीतिक सहयोगीका रुपमा काम गरिरहेका थिए। मधेशमा गुमिरहेको आफ्नो साख जोगाउन सिके राउतलाई खडा गरिएको थियो ? यस्ता प्रश्नहरु झन् बलियो गरि अगाडी आईरहेका छन्।

सिके राउत अहिले मधेशमा बैकल्पिक शक्तिका रुपमा ऊदाईरहेको आंकलन गरिएको छ। मधेश केन्द्रित दलहरुको बिकल्पका रुपमा राउतलाई लिन जनमत तयार हुँदै गरेको मधेशका सामाजिक र राजनीतिक अभियन्ताहरुको बुझाई रहेको छ।

सिके राउत र नेकपाका महासचिव बिष्णु पौडेलको यो सामिप्यताले धेरै प्रश्नहरु उजागर गरेको छ। सबै प्रश्नका उत्तरहरु समयले दिंदै जाला तर उत्तर दिने क्रममा समयले ईतिहास पनि खोतल्ने छ र उक्त समयमा सबै उदांगो हुनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ