arrow

फोनको प्रयोगमा ट्रम्पभन्दा कम छैनन् मोदी, मन्त्रीहरुकै छ यस्तो मोबाइल 

logo
प्रकाशित २०७६ असार १० मंगलबार
narendra-modi-mobile.jpg

नयाँ दिल्ली।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २ वटा स्मार्टफोनहरु चलाउने गर्छन् । कतिपयले त भन्छन् उनी ट्वीटरलाई  टाइपराइटरको रुपमा मान्ने गर्दछन् । अर्कातर्फ भारतीय प्रधानमन्त्री पनि यस्ता इलेक्ट्रोनिक्स ग्याजेटहरुका प्रिय मानिन्छन् । नरेन्द्र मोदी नेतृत्वको सरकारका कैयौं प्रमुख मन्त्रीहरु मोबाइलमा सौखिन देखिन्छन् । अलग-अलग सामाजिक सञ्जालको प्लेटफर्म्समा सक्रिय रहनको लागि एप्पलको सबैभन्दा नयाँ आइफोन र एन्ड्रौइड स्मार्टफोनको प्रयोग गर्दछन् । मोदी सरकारका कुन् मन्त्रीले कस्तो मोबाइल चलाउँछन् ?

एप्पलको टप-इण्ड फोन प्रयोग गर्छन् मोदी
प्रधानमन्त्री नरेन्द्र मोदी ग्याजेट प्रेमी नेता हुन् । मोदी अहिले एप्पल फेमिलीको स्मार्टफोनको प्रयोग गर्दछन् । २०१८ मा चीन र दुबईको ‌औपचारिक भ्रमणको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी एप्पलको आइफोन ६ सिरीज स्मार्टफोन खरिद गरेका थिए । सुरक्षाद्वारा जोडिएको कारणले पीएम मोदीले केवल टप-इण्ड एप्पल डिभाइसहरुको मात्रै प्रयोग गर्ने गरेका छन् । 

आइफोन एक्स एसको प्रयोग गर्छन् अमित शाह
मोदी सरकारमा गृहमन्त्री अमित शाह मौजूदा समयमा एप्पलको लेटेस्ट आइफोन एक्स एस प्रयोग गर्दछन्। एप्पलले पछिल्लो वर्ष सेप्टेम्बरमा यो स्मार्टफोन ल्याएको हो । यस स्मार्टफोनमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । यो फोनको पछि १२-१२ मेगापिक्सेलको दुई क्यामेरा लगाइएको हो । यो स्मार्टफोन आइ‍ओएस १२ को साथ आएको छ । यसलाई आइ‌ओएस १२.३ अपग्रेड मिल्नेछ । आइफोन एक्स एस ४ जीबीको र्‍याम र ६४/२५६/५१२ जीवीको स्टोरेज अप्शनमा आएको छ । यस स्मार्टफोनमा ५.८ इन्चको डिस्प्ले दिएको छ । 

धर्मेन्द्र प्रधानको साथमा छ एक आइफोन र एक एन्ड्रोइड फोन
पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्री धर्मेन्द्र प्रधान दुई स्मार्टफोनको प्रयोग गर्दछन् । यसमा एक आइफोन र दोस्रो एन्ड्रोइड फोन हो। प्रधान, अपडेट रहने र सारा अफिशियल कामलाई ट्र्याक गर्नको लागि ह्वाट्सएप, फेसबुक र ट्विटरको प्रयोग गर्दछन्।

मोदी सरकारमा रोड, ट्रान्सपोर्ट तथा हाईवे मिनिस्टर नितिन गडकरी आफ्नो अफिशियल कामको ट्र्याक गर्नको लागि ट्विटर र फेसबुकको प्रयोग गर्दथे । फाइनान्स मिनिस्टर निर्मला सीतारमण पनि सक्रियताको साथ ट्विटरको प्रयोग गर्दछिन् । उनी सरकारी तथा आफ्ना कार्यकर्तासँग जोडिनको लागि ट्वीटरको प्रयोग गर्दछिन् । 

मोदी सरकारका राज्यमन्त्री फग्गन सिंह कुलस्ते एक र एक स्यामसुङ्गको फोनको प्रयोग गर्दछन् । उनी सक्रियताका साथ ह्वाट्सएप, फेसबुक र ट्विटर प्रयोग गर्दछन् । त्यस्तै, नर्थ-ईस्ट दिल्लीबाट सांसद तथा बीजेपीका दिल्ली प्रमुख मनोज तिवारी आइफोनको प्रयोग गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ