arrow

यी ९ चलचित्रले बादशाहको पगरी गुथ्न खोजे

logo
प्रकाशित २०७६ असार ११ बुधबार
Saharukh-anuska.jpg

काठमाडौं । भारतीय अभिनेता शाहरुख खान भारतीय फिल्म उद्योगमा प्रवेश गरेको २७ वर्ष पूरा भएको छ । कुनै समय भारतीय फिल्म उद्योगको बादशाहको रुपमा रहेका शाहरुखका फिल्म पछिल्लो समय भने केही फिक्का लाग्न थालेका छन् । यहाँ शाहरुख खान (बादशाह)को पगरी गुथ्न खोजेका केही फिल्महरु उल्लेख गरिएको छ –

१. जीरो
शाहरुखानको पछिल्लो फिल्म जीरो हो । आनन्द एल रायको निर्देशनमा बनेको जीरोमा शाहरुखसँग अनुष्का शर्मा र कट्रिना कैफ मुख्य भूमिकामा थिए । फिल्म बक्स अफिसमा फ्लप साबित भएको थियो । त्यसपछि अहिलेसम्म शाहरुख खानदे कुनै फिल्ममा साइन गरेका छैनन् ।

२. फ्यान
निर्देशक मनीष शर्माको यो फिल्म सन् २०१६ मा सार्वजनिक भएको थियो । यशराज ब्यानरको यो फिल्मले खासै प्रभाव जमाउन सकेन र बक्स अफिसमा फिल्म फ्लप साबित भयो ।

३. जब हेरी मेट सेजल
शाहरुख खान एकपटक फेरि अनुष्का शर्मासँग देखिएका थिए । फिल्म बक्स अफिसमा यो फिल्म पनि फ्लप बनेको थियो । यसको निर्देशन इम्तियाज अलीले गरेका थिए ।

४. रईस
एक्सन क्राइम फिल्म रईसमा शाहरुख खानसँग पाकिस्तानी नायिका माहिरा खान पनि मुख्य भूमिकामा थिइन् । निर्देशक राहुल ढोलकियाको फिल्मलाई गौरी खान र फरहान अख्तरले निर्माण गरेका थिए । यो फिल्मको व्यापार पनि औसत थियो ।

५. ह्याप्पी न्यु इयर
शाहरुख खानको ह्याप्पी न्यु इयर फिल्म पनि बक्स अफिसमा राम्रै कमाइ गरे पनि दर्शकले रुचाएनन् । फराह खानले निर्देशनमा बनेको यो फिल्ममा शाहरुख खानका साथै दीपिका पादुकोण र अभिषेक बच्चनको पनि मुख्य भूमिका छ ।

६. जब तक है जान
शाहरुखको फ्लप फिल्मको शुरुवात सन् २०१२ मा भएको थियो । यश चोपडाको निर्देशनमा बनेको यो फिल्ममा शाहरुख खानका साथै कट्रिना कैफ र अनुष्का शर्माको मुख्य भूमिका थियो ।

७. चेन्नई एक्सप्रेस
रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्मले बक्स अफिसमा व्यापार त राम्रो गरेको थियो । तर, आलोचकले फिल्मको कहानी भने मन पराएका थिएनन् ।

८. दिलवाले
क्रिसमस सन् २०१५ को अवसरमा रिलिज भएको यो फिल्मको माध्यमबाट दिलवाले दुल्हनिया ले जाएंगे जस्तो उचाइ लिने अपेक्षा गरिएको थियो । यसमा शाहरुख खानको साथमा काजोल, वरुण धावन र कृति सेननको मुख्य भूमिका छ ।

९. डियर जिन्दगी
 गौरी शिन्देको निर्देशनमा बनेको यो फिल्ममा शाहरुख खानका साथै आलिया भट्टको मुख्य भूमिका थियो । यो फिल्ममा शाहरुख खानभन्दा आलिया भट्टले दर्शकको ध्यान खिच्न सफल भएकी थिइन् । फिल्मको व्यापार पनि राम्रै थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ