arrow

क्लिन फिड विवाद : नेपाली विज्ञापन बजाउन पाउने कि नपाउने ? 

के हो क्लिन फिड विवाद ? 

logo
प्रकाशित २०७६ असार ११ बुधबार
clean-feed.png

काठमाडौं । नेपालका टेलिभिजन वितरकहरु सरकारले प्रस्ताव गरेको ‘क्लिन फिड’को व्यवस्थाको विरुद्धमा आन्दोलित बनेपछि यो विषय अहिले चर्चामा छ । यसले नेपालका सञ्चारमाध्यममात्र होइन कि सामाजिक सञ्जाललाई पनि तताएको छ । क्लिन फिड भनेको विदेशी च्यानलहरुले उनीहरुले आफ्नो देशमा उत्पादन गरेको विज्ञापन यहाँका टेलिभिजनहरुमा प्रशारण गर्न नपाउने प्रक्रिया हो । जुन कुराको टेलिभिजन वितरकहरुले विरोध गरिरहेका छन् । विरोधस्वरुप वितरकहरुले २४ घन्टासम्म सबै विदेशी च्यानलको प्रशारण पनि बन्द गराए । तर यो कार्यको आम उपभोक्ताद्धारा विरोध भयो ।

सरकारले स्वदेशी उद्योगलाई संरक्षण गर्न यो कानून ल्याउन लागेको बताएको छ र विधेयक प्रस्ताव नै गरिसकेको छ । त्यसैले टेलिभिजन वितरकहरुको अहिलेको विरोधले नागरिकको सूचना सम्बन्धी हक, अभिव्यक्ति स्वतन्त्रताको हक र उपभोक्ता अधिकार सम्बन्धी हकको हनन् भएको बताएको छ । ग्राहकसँग टेलिभिजन वितरकले गरेको अप्रत्यक्ष करार विपरित हुने गरी सेवा अवरुद्ध गर्नु अवैधानिक नभएको अधिकारवालाहरु पनि बताउँछन् । 

टेलिभिजिन वितरक यसलाई मान्न तयार छैनन् । उनीहरु सरकारले क्लिन फिड लाग्दा कस्तो असर पर्छ भन्ने सबैलाई जानकारी गराउन २४ घण्टा ब्ल्याक आउट गरिएको बताउँछन् । सरकार भन्छ यसरी सबका सब बन्द भएजस्तो क्लिनफिड होइन भन्छ। विदेशी तथा हिन्दीभाषी च्यानलहरु नेपालका लागि छुट्टै क्लिन फिड दिन तयार नभएको उनीहरुको दाबी छ । 

‘लोकल’ विज्ञापन गर्न पाउने कि नपाउने ? 
जानकारहरु यो विषय यहाँका टेलिभिजन वितरकका साथै सरोकारवाला र कलाकारहरुले पनि बुझ्न नसकेको बताएका छन् । यस विषयका एकजना जानकार भन्छन्– यहाँ कलाकारहरु पनि त्यसै उफ्रिएका छन्, उनीहरुले विधेयकमा के कुरा छ भन्ने कुरा थाहा नै पाएका छैनन् । उनका अनुसार सो विधेयकमा विदेशी च्यानलहरुमा स्थानीय विज्ञापन पनि राख्न नमिल्ने गरी व्यवस्था गरिएको छ । त्यो ‘क्लिन फिड’ नै हो, त्यसमा कुनै पनि विज्ञापन राख्न नपाउने गरी मस्यौदा गरिएको छ– उनले भने । उनको दाबी छ– यसले स्वदेशी विज्ञापन एजेन्सीहरुलाई फाइदा हुन्छ, नेपालका कलाकार आदिले काम पाउँछन् फाइदाजनक छ भनिएको छ, तर त्यो सरकारले विधेयक पास गराउनका लागि हो, त्यसमा धेरैको ध्यान पुगेको छैन ।

हुनत नेपालका टेलिभिजन, कलाकार, विज्ञापन एजेन्सीहरु तथा पत्रकार महासंघले गरेको समर्थन पनि त्यसैका लागि हो । उनीहरुले पनि स्थानीय उत्पादनको विज्ञापन राख्न पाउने तथा बहुराष्ट्रिय कम्पनीहरुको पनि विदेशमा उत्पादित विज्ञापन नेपालमै उत्पादन गरेर ती च्यानलमा दिन पाउने भनी बुझेका छन् । तर वास्तविकता भने त्यस्तो छैन । सरकारले क्लिन फिडसम्बन्धी विधेयकमा खासमा विदेशी च्यानलहरुमा विज्ञापन नै राख्न नपाउने गरी बनाएको छ । ती च्यानलमा स्थानीय र विदेशमै बनाइएका विज्ञापनहरु पनि राख्न नसकिने उक्त विधेयकमा उल्लेख छ । 

अहिले  हाम्रा कलाकारको भनाई यो छकि उताको नआएर स्वदेशी विज्ञापन दिन पाउनुपर्छ, जसले गर्दा आफूहरुले पनि काम पाइन्छ । विज्ञापन एजेन्सीहरुको पनि त्यही हो । लोकल विज्ञापन चाहियो र त्यो नै ती च्यानलमा प्रशारण गर्नुपरो भन्ने हो । बाहिरका च्यानलहरु बन्द गर्नु अहिलेको जमानामा सम्भव छैन किनभने त्यो भनेको उत्तर कोरियाको जस्तो अवस्था आउने हो । त्यसैले यदि स्वदेशी विज्ञापन दिने हो भने त ठीक छ भन्नेमा सबै पुगेको अवस्था छ । तर विधेयकको वास्तविकता त्यस्तो नभएको कुरामा भने अहिलेसम्म पनि कसैको ध्यान पुगेको छैन । यदि त्यो वास्तविकता बुझ्ने हो भने त त्यसले यताको न उताको विज्ञापन भन्ने नै ध्येय राखेको छ । 

यसरी भने च्यानल चल्न सक्दैनन् । यदि दुवै तर्फको विज्ञापन नआउने हो भने त्यस्तो अवस्थामा च्यानल चल्न सक्दैनन् किनेभने त्यो खाली समयमा के गर्ने त भन्ने कुरा हुन जान्छ । त्यसैले यो अहिलेको क्लन फिडको अवधारणा ठीक छ, यो राष्ट्रियता र राष्ट्रिय आयकै पक्षमा रहन्छ । तर लोकल पनि विज्ञापन राख्न पाइएन भने त के काम भयो र ? यो कुरा विधेयक पास नुहँदै सबैले बुझ्न जरुरी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ