arrow

 एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बस्दै 

चार लाख ७५ हजार तीन परीक्षार्थी नतिजाको प्रतिक्षामा

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
see_(2).jpg

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।  
     
 कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले बिहीबार परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।     
     
 कार्यालयले बिहीबार दिउँसो बोर्ड बैठक बसेर नतिजा सार्वजनिकको तयारी गरेको जनाउँदै प्राविधिक समस्या नआए बिहीबार नै नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ