arrow

अर्थमन्त्रीको दबाब पछि गले गभर्नर, फोर्स मर्जरको लागि दिए निर्देशन

logo
प्रकाशित २०७६ असार १२ बिहिबार
chiranjeevi_nepal2.jpg

काठमाडौं । सरकारले फोर्स मर्जरको लागि बजेटमा व्यवस्था नभएसम्म फोर्स मर्जरको विपक्षमा देखिएका गभर्नर चिरञ्जीवी नेपाल अन्ततस् अर्थमन्त्रीको दबाब सहन नसक्ने अवस्थामा पुगेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार अर्थमन्त्री डा युवराज खतिवडाको दबाब सहन नसकि यस्तो निर्देशन दिएका हुन् । गभर्नर नेपालले बिहीबार उपत्यकाको एक होटलमा सबैं बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् । 

पछिल्ला केही दिनदेखि मर्जरको पक्षमा देखिएका गभर्नरले मौद्रिक नीति अघि नै मर्जरको लागि तयारी गर्न निर्देशन दिएको बैठकमा सहभागि एक बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । उनले सकेसम्म फोर्स गर्ने भन्दा पनि बैंकहरु आफैं मर्जरको वातावरण तयार पार्नको लागि आग्रह गरेका छन् ।  अन्यथा नीतिमा नै यसबारेमा उल्लेख गरिने चेतावनी दिएको पनि ती बैंकरले बताए । 

अध्यक्ष तथा सीईओहरु सम्मिलित बैठकमा नेपालले बैंकहरु मर्जरमा जानैपर्नेगरी राष्ट्र बैंकको नीति आउने भन्दै त्यस भन्दा अघि नै यसबारे तयारी सुरु गर्न भनेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ