arrow

कस्ता मानिसलाई बढी टोक्छ लामखुट्टेले ? 

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
dengue-mosquito.jpeg

काठमाडौं । लामखुट्टे परजीवी हो । उसले अरुको रगत चुसेरै आफ्नो ज्यान पाल्ने हो । उसले मानिसलाई टोक्दा कस्ता मानिसलाई टोक्छ त ? 

विभिन्न जर्नलमा प्रकाशित एक अध्ययन अनुसार लामखुट्टेले रक्त समूह ‘ओ’ भएकालाई, गर्भवतीलाई र जसको शरीरमा लामखुट्टेको म्याग्नेट हुन्छ उसैलाई बढी टोक्ने गर्दछ । 

ओ समूहका मानिसलाई अन्य रक्त समूहका मानिसको तुलनामा बढी टोक्छ । लामखुट्टेलाई ओ पछि ए, बी र अन्त्यमा एबी रक्त समूह मन पर्छ। 

त्यस्तै महिलाहरुलाई लामखुट्टेले पुरुषको तुलनामा कम टोक्छ । त्यसमध्ये बालिका र वयष्क महिलाको तुलनामा गर्भवती महिलाहरुलाई लामखुट्टेले बढी टोक्ने गर्छ । बढी ऊर्जा खर्चिने मानिसमा बढी लामखुट्टे आकर्षित हुने अध्ययनले देखाएको छ । 

त्यसैगरी ‘मस्क्युटो म्यागनेट जिन’ भएको मानिसलाई लामखुट्टेले बढी आक्रमण गर्छ । मानिसमा हुने ह्युमन ल्युकोसाइट एन्टिजेनले मानिसमा बढी लामखुट्टे आकर्षित गर्छ।

यी जिनले मानिसको शरिरबाट आउने गन्धलाई नियन्त्रण गर्छन् । मानिसले निस्काशन गर्ने रसायनयुक्त गन्धका कारण लामखुट्टे बढी आकर्षित हुन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ