arrow

धनुषामा एक स्कुल बसमा आगजनी

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
688890569.jpeg
महेन्द्रनगर (धनुषा)। धनुषामा गएराति एक स्कुल बसमा आगजनी गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी गरिएको छ । 

वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएको बताइएको छ । 

बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भए पनि बसको सिट जलेर क्षति भएको प्रहरीले जनाएको छ ।  यसैबीच आगजनीको गरेको घटनाको जिम्मा जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले लिएको छ । घटनापछि राति केही सञ्चारमाध्यममा टेलिफोन गरी बन्दको अवज्ञा गरेको भनी तोडफोड तथा आगजनी गरेको दाबी सो पार्टीले गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ