arrow

मोदीसँग भेट्दा एकाएक बदलिए ट्रम्प, ट्वीटको कुरा बिर्सिएर गरे प्रशंसा

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार

काठमाडौं । पछिल्लो समय शक्ति राष्ट्रको रुपमा आफ्नो पहिचान विस्तारै घटाउँदै गएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक भारतप्रति नरम रुपमा प्रस्तुत भएका छन् । जी२० को लागि बेलायतमा रहेका ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीसँगको भेट अघि एउटा कडा ट्वीट गरी अमेरिकाको मित्र राष्ट्रको रुपमा रहेको भारतलाई चिढ्याउने प्रयास गरेका ट्रम्पले भेटको क्रममा भने मोदीको ज्यादा प्रसंशा गरेर निस्किएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकाको मित्रराष्ट्रको रुपमा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अघि राष्ट्रपति ट्रम्पले भारतलाई चिढ्याउनेगरी ट्यारिफको विषयमा ट्वीट गरेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जापानमा शुक्रवार भेटघाट भएको छ। यस भेटका क्रममा दुनियाँभरको नजर परेको छ । पहिले भारत, जापान र अमेरिकाकोबीच त्रिपक्षीय वार्ता भएको भयो । जसमा  मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानका पीएम शिञ्जो आबे शामेल थिए । यस क्रममा ट्रम्पले प्रम मोदी र जापानी प्रम आबेलाई चुनावमा जीतको बधाई दिएका छन् । यसपछि भारत र अमेरिकाकोबीच द्विपक्षीय वार्ता भएको छ । यस दौरान दुबै देशका नेताले कैयौं मुद्दामा चर्चा 
गरेका छन् । 

यस बैठकमा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई भनेका छन्, 'हामी एकदमै राम्रो साथी बनिसकेका छौं । यसभन्दा पहिले  अमेरिका र भारत बीचमा कहिलैपनि यति धेरै नजिकपन देखिएको थिएन । म यो कुरा पूरै भरोसाका साथ भन्न सक्छु कि हामी कैयौं क्षेत्रमा विशेषगरी सैन्य क्षेत्रमा मिलेर काम गर्नेछौं । आज हामी कारोबारको मुद्दामा पनि कुराकानी गरिरहेका छौं ।' ट्रम्पले भने, 'पीएम मोदीले आफ्ना जनतालाई एउटै सूत्रमा बाध्नको लागि सफल भएका छन् । मलाई याद छ कि तपाईं पहिलोपटक चुनाव जितेर सत्तामा आउनुभएको थियो, तब कैयौं मानिसहरु आपसमा लड्ने गरेका थिए । अहिले यो कुनैपनि समस्या छैन । यो तपाईंकै क्षमताको सबैभन्दा ठूलो सम्मान हो ।'

पीएम मोदीसँग भेट अघि अमेरिकी राष्ट्रपतिले ट्वीट गरेका थिए । 'म प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्ने मामिलामा  व्यग्रताका साथ प्रतिक्षा गरिरहेको छु I भारतले वर्षौंदेखि अमेरिका विरुद्ध धेरै कर लगाएको छ। यो स्वीकार छैन र भारतले ट्यारिफलाई फिर्ता लिनै पर्छ ।'

यहाँको विवाद मेड इन इण्डिया र मेड इन अमेरिकाको बीच हो । यसरी भेट अघि कडा ट्वीट गरेका ट्रम्पले भेटको क्रममा भने कडा कुरा भन्दा पनि मोदीलाई फकाउने गरी प्रस्तुत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ