arrow

फेरि जोडिएलान् मलाइका र अरबाज खान ?

logo
प्रकाशित २०७६ असार १३ शुक्रबार
malaika-arbaj.jpg

काठमाडौं । मलाइका एरोरा र अरबाज खान छुट्टिएसँगै कुनै न कुनै समाचारको कारण चर्चामा रहँदै आएका छन् । पछिल्लो समय मलाइका र अर्जुन कपूरको सम्बन्धको विषयमा विभिन्न किसिमको समाचार आइरहेका छन् ।

यसैबीच अरबाज पनि आफ्नो गर्लफ्रेन्ड जियोगिना एन्ड्रियानीसँगको सम्बन्धको कारण चर्चामा छन् । मलाइका र अर्जुनको कुरा आउँदा उनीहरुको विवाहको समाचार पनि फैलिँदै गएको छ ।

अरबाज र मलाइकाले सन् २०१७ मा आफ्नो १८ वर्षको वैवाहिक सम्बन्ध टुंग्याउने निर्णय गरेका थिए । तर, उनीहरु पुनः मिल्नसक्ने बताइएको छ । तर, यो वास्तविक जीवनमा भने होइन ।

 अहिले सलमान खान नच बलिएको नवौं सिजना निर्माण गरिरहेका छन् । शोको विशेषता यो छ कि यसमा पाँच अहिले सम्बन्धमा रहेका जोडी हुनेछन् भने पाँच छुटिसकेका जोडी हुनेछन् । यस्तोमा जजको खाली कुर्सीमा मलाइका र अरबाज बस्नसक्ने बताइएको छ ।
 
स्रोतका अनुसार उनीहरु जजको कुर्सीका लागि प्रबल दाबेदार मानिएका छन् । तर, मलाइका र अरबाज सँगै यो कार्यक्रममा आउनका लागि तयार हुन्छन् वा हुँदैनन् भन्ने कुराका लागि भने जुलाईसम्मको प्रतीक्षा गर्नुपर्ने हुन्छ ।

केही समयअघि अर्जुन कूपरको २६ औं जन्मदिनमा मलाइकाले आफ्नो आधिकारिक इन्स्टाग्राममा अर्जुनसँगको तस्वीर शेयर गरेकी थिइन् । उनले अर्जुन कपूरलाई जन्मदिनको शुभकामना पनि दिएकी थिइन् । अर्जुन कपूरलाई मलाइकाले जन्मदिनको शुभकामना दिएको यो पहिलोपटक हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ