arrow

यी वैदिक शास्त्रमा उल्लेख छ विमान बनाउने तरिका, 'पाइलट' बन्न जान्नै पर्दथ्यो ३२ रहस्य

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ असार १४ शनिबार
biman-sastra.jpg

काठमाडौं । विमान शास्त्र पूर्वीय साहित्यको एक अद्वितीय स्रोत हो । १७ दिसम्बर १९०३ मा राइट दाजुभाइले विमानको परिकल्पमा गरेको भनेर धेरै पुस्तकहरु छापिए र धेरैको मानसपटलमा आकाशको जहाज देख्ने वित्तिकै राईट दाजुभाइको परिकल्पना हुने गर्दछ । उनीहरुले आकाशमा उँडेका पक्षीहरु देखेर विमानको परिकल्पना गरेको कुरा भेटिन्छ । यद्यपि महाभारत काल तथा त्यसभन्दा पहिले नै भारतवर्षमा विमान विद्याको सुरुवात भएको यावत प्रमाणहरु भेटिएका छन् । त्यतिबेला केवल विमान मात्रै होईन अन्तरिक्षमा स्थित नगर रचना समेत भएको कुरा प्रचीन वाङ्मयमा प्रमाण भेटिन्छ ।

विद्या वाचस्पति पं। मधुसूदन सरस्वतीले एउटा पुस्तक 'इन्द्रविजय' को प्रकाशन गरेका छन् । उनले ऋग्वेदको छत्तिसौं सूक्त प्रथम मन्त्रको अर्थ लेख्दै भनेका छन् 'ऋभुहरुले तीन पाङ्ग्रावाला यस्तो रथ बनाएका थिए जो अन्तरिक्षमा उड्न सक्दथ्यो । पुराणहरुमा विभिन्न देवी देवता, यक्ष, विद्याधर आदि विमानद्वारा यात्रा गर्दथे' भन्ने अर्थ लगाएका छन् । 

त्रिपुरा अर्थात् तीन असुर भाइहरुले अन्तरिक्षमा तीन अजेय नगरको निर्माण गरेका थिए । जो पृथ्वी, जल, वा आकाशमा आउन जान सक्दथे र भगवान शिवले जसलाई नष्ट गरेका थिए । रामायणमा पुष्पक विमानको वर्णन छ । महाभारतमा श्रीकृष्ण, जरासन्ध आदिको विमानको वर्णन पाइएको छ । भागवतमा कर्दम ऋषिको कथा आउँछ । तपस्यामा लीन रहेका कारण उनी आफ्नी पत्नीको खासै ध्यान दिन भ्याउने थिएनन् । यसको भान भएपछि उनले आफ्नो विमानद्वारा उनलाई सम्पूर्ण विश्वको दर्शन गराएको उल्लेख पाइन्छ।

उपर्युक्त वर्णन जब आजको तार्किक वा प्रयोगशील व्यक्ति सुन्दछन् या पढ्दछन् भने उनको मनमा स्वाभाविक विचार आउँछ । के यो सबै कपोल कल्पनाहरु हुन् ? मानवको मनोरञ्जनको हेतु यो गहिरो कहानीहरु मात्रै नभएर यो सत्यमा आधारित विषय हो । आधुनिक विज्ञानलाई मात्रै सर्वोपरी मान्ने आजका मानिसहरुमा यो विचार आउनु स्वाभाविक पनि हो । किनकी आजसम्म यस विषयमा कुनै पुरातात्विक सामग्रीहरु भेटिएका छन् न त अरु नै प्रमाण । केवल साहित्यिक स्रोतहरुको आधारमा हामीले यसलाई मान्नु परेको छ । यदि कुनैपनि पुरातात्विक प्रमाणहरु भेटियो भने चाहिँ यो पनि विश्वव्यापी बन्न सक्छ । 

सन्‌ १९४० मा गोरखपुरबाट प्रकाशित (कल्याण) को 'हिन्दू संस्कृति' अंकमा श्री दामोदर जी साहित्याचार्यले हाम्रा प्राचीन वैज्ञानिक कला नामक ग्रन्थहरुको विस्तारित रुपमा उल्लेख गरेका छन् । अहिले दुई वा तीन वर्षपहिले ब्याङ्लोरका वायुसेनाका सेवा निवृत्त अभियन्ता श्री प्रह्‌लाद रावको एउटा विज्ञासा आयो । उनले आफ्ना साथीहरुको सहयोगद्वारा एक प्रकल्प वैमानिक शास्त्र रीडिसकवर्डको लागि आफ्नो गहन अध्ययन वा अनुभवको आधारमा यस ग्रन्थमा अत्यन्त विकसित विमान विद्याको वर्णन गरिएको कुरा प्रतिपादन गरे। 

महर्षि भारद्वाज यन्त्र सर्वस्व नामक ग्रन्थ लेखेका थिए । त्यसैको एक भाग हो वैमानिक शास्त्र । यसमा बोधानन्दले हिन्दी टीका तयार पारेका छन् । यसमा नेपाली टीका भने कसैले पनि तयार पार्न सकेका छैनन् । आज यन्त्र सर्वस्व त उपलब्ध छैन । विडम्बना नै भन्नुपर्छ वैमानिक शास्त्र समेत पूरा उपलब्ध छैन । तर जति भेटिएको छ यसले पनि पूर्वमा प्राचीनकालमा विमान एक साँचो परिकल्पना थियो भन्न सकिन्छ । यस ग्रन्थको पहिलो प्रकरणमा प्राचीन विज्ञान विषयको पच्चिस ग्रन्थोहरुको एक सूची छ । जसमा प्रमुख हो अगस्त्यकृत - शक्तिसूत्र, ईश्वरकृत - सौदामिनी कला, भारद्वाजकृत - अशुबोधिनी, यन्त्रसर्वस्व तथा आकाश शास्त्र, शाकटायन कृत - वायुतत्त्व प्रकरण, नारदकृत - वैश्वानरतन्त्र, धूम प्रकरण आदि ।
विमान शास्त्रको टीका लेख्ने बोधानन्द लेख्छन् :-

निर्मथ्य तद्वेदाम्बुधिं भरद्वाजो महामुनिः ।
नवनीतं समुद्घृत्य यन्त्रसर्वस्वरूपकम्‌ ।
प्रायच्छत्‌ सर्वलोकानामीप्सिताज्ञर्थ लप्रदम्‌ ।
तस्मिन चत्वरिंशतिकाधिकारे सम्प्रदर्शितम्‌ ॥
नाविमानर्वैचित्र्‌यरचनाक्रमबोधकम्‌ ।
अष्टाध्यायैर्विभजितं शताधिकरणैर्युतम ।
सूत्रैः पञ्‌चशतैर्युक्तं व्योमयानप्रधानकम्‌ ।
वैमानिकाधिकरणमुक्तं भगवतास्वयम्‌ ॥

अर्थात - भारद्वाज महामुनिले वेदरूपी समुद्रको मन्थन गरेर यन्त्र सर्वस्व नामको यस्तो नौनी निकाले  जुन मनुष्य मात्रको लागि इच्छित फल दिनेवाला मानिन्छ । सोही पुस्तकको ४० औ अधिकरणमा विमान निर्माणको कुरा उल्लेख छ । ग्रन्थको बारेमा बताएपछि भारद्वाज मुनि विमान शास्त्र भन्दापनि पहिले समेत यावत ग्रन्थहरुमा विमान शास्त्रको विषयमा उल्लेख गरिएको पाइन्छ । 

१ ) नारायण कृत - विमान चन्द्रिका 
२ ) शौनक कृत न् व्योमयान तंत्र 
३ ) गर्ग - यन्त्रकल्प 
४ ) वायस्पतिकृत - यान बिन्दु + चाक्रायणीकृत खेटयान प्रदीपिका 
६ ) धुण्डीनाथ - व्योमयानार्क प्रकाश

यी ग्रन्थहरुमा भारद्वाज मुनिले विमानको परिभाषा, विमानको पाइलट जसलाई रहस्यज्ञ अधिकारी भनिन्छ, आकाश मार्ग, वैमानिकहरुको कपडा, विमानको पुर्जा , ऊर्जा, यन्त्र तथा सो बनाउनको लागि प्रयोग गर्ने विभिन्न धातुहरुको वर्णन गरिएको छ । 

विमान की परिभाषा
नारायण ऋषिका अनुसार पृथ्वी, जल तथा आकाशमा पक्षीहरुको समान वेगपूर्वक चल्न सक्ने यन्त्रको नाम नै विमान हो । शौनक ऋषिले एक स्थानबाट अर्को स्थानमा आकाश मार्गबाट जान सकिने बताएका छन् भने आचार्च विश्वम्भरले एक देशबाट अर्को देश या एक ग्रहबाट अर्को ग्रहमा जान सक्ने यन्त्रलाई नै विमान भनेका छन् । 

रहस्यज्ञ अधिकारी ( पायलट ) - 
भारद्वाजका अनुसार विमानको रहस्यलाई जान्नेवाला वाला व्यक्तिलाई नै रहस्यज्ञ अधिकारी भनिन्छ । जसलाई अहिले हामी पाइलट भनेर चिन्दछौं । शास्त्रमा विमान चलाउनको लागि बत्तिस रहस्य बताइएको छ। त्यसमध्ये सबैभन्दा धेरै ज्ञान राख्ने वाला नै उसको अधिकारी हो । शास्त्रमा विमान चलाउन बत्तिस रहस्य जान्नुपर्ने उल्लेख छ । 

किनकी विमान बनाउन, उसलाई जमीनबाट आकाशमा लैजान स्थिर गर्न, कुदाउन, यता उता मोड्न, गतिमा चलाउन या चक्कर लगाउन र विमानको वेगलाई कम अथवा अधिक गराउन नजान्नेले विमान चलाउन नहुने उल्लेख छ । यस बाहेक रहस्यज्ञ अधिकारीले जान्नुपर्ने रहस्यहरु तल उल्लेख गरिएको छ। विमान शास्त्रको पूरा खण्ड नभेटिएकोले यसमा पनि पूरा रहस्यहरु भेटिएको छैन । 

१) कृतक रहस्य :-

कृतक रहस्य ३२ रहस्यहरुमा यो तेस्रो रहस्य हो। जसका अनुसार विश्वकर्मा, छायापुरुष, मनु तथा मयदानव आदिको विमान शास्त्रका आधारमा आवश्यक धातुहरुद्वारा इच्छित विमान बनाउनु, यसमा हामी अहिले अनुसार हार्डवेयरको वर्णन भएको भन्न सक्छौं । 

४) गूढ रहस्य :-

यो पाँचौं रहस्य हो । जसमा विमानलाई लुकाउने विधिको वर्णन गरिएको थियो । यसका अनुसार वायु तत्त्व प्रकरणमा भनिएको रीतिका अनुसार वातस्तम्भको आठौं परिधि रेखा हो उस मार्गलाई यासा, वियासा तथा प्रयासा इत्यादि छन् । वायु शक्तिहरुद्वारा सूर्य किरण रहनेवाला जो अन्धकार शक्ति हुन्छ, त्यसको आकर्षण गरेर विमानको साथ उसको सम्बन्ध बनाएमा त्यो अदृष्य हुन्छ । 

५) अपरोक्ष रहस्य :-

यो नवौं रहस्य हो । यो रहस्यका अनुसार शक्ति तन्त्रमा भनिएको रोहिणी विद्युत्‌लाई फैलाउँदा विमानको सम्मुखमा रहेको बस्तु देख्न सकिन्छ । 

१०) संकोचा रहस्य-

यो विमान शास्त्रको १० ‌औं रहस्य हो । यसका अनुसार अन्तरिक्षमा उड्ने समय आवश्यकता परेमा विमानलाई सानो गर्न सकिन्थ्यो ।

११) विस्तृता रहस्य -

यो ११ औं रहस्य हो । यसको अनुसार आवश्यकता परेमा विमानलाई ठूलो पनि गराउन सकिन्थ्यो। यहाँ यो ज्ञातव्य छ कि वर्तमान कालमा यो प्रविधिको १९७० पछि मात्रै विकसित भएको हो ।

२२) सर्पागमन रहस्य -

यो २२ औं रहस्य हो जसका अनुसार विमानलाई सर्पको समान यता उता गराएर उडाउन सम्भव छ । यसमा सात प्रकारका वायु र सूर्य किरणको शक्तिहरुको आकर्षण गरेर यानको मुखमा जुन गोलाकार केन्द्र हुन्छ । उसको मुखमा दबाएर शक्ति पैदा गर्ने इन्जिन माथि प्रवेश गर्ने बाटो बनाइएको थियो । त्यसपछि त्यहाँ रहेको बटन थिचेपछि विमानको गति सर्प जस्तै दायाँ बायाँ हुन्छ । 

२५) परशब्द ग्राहक रहस्य -

यो २५ औं रहस्य हो । यसमा भनिएको छ कि सौदामिनी कला ग्रन्थका अनुसार शब्द ग्राहक यन्त्र विमानमा लगाउँदा त्यसबाट अर्को  विमानमा रहेका मानिसहरुको कुराकानी समेत सुन्न सकिन्थ्यो । 

२६) रूपाकर्षण रहस्य -

यसद्वारा अर्को विमानको भित्रको सबैकुरा देख्न सकिन्थ्यो  । 

२८) दिक्प्रदर्शन रह्रस्य -

दिशा सम्पत्ति नामक यन्त्रद्वारा दोस्रो विमानको दिशा देख्न सकिन्थ्यो ।

३१) स्तब्धक रहस्य -

यो एक विशेष प्रकारको अपस्मार नामक ग्यास स्तम्भन यन्त्रद्वारा अर्को विमानको भित्र बसेका सबै मानिसहरु बेहोस् हुन्थे । 

३२) कर्षण रहस्य -

यो ३२ औं रहस्य हो, यसका अनुसार आफ्नो विमानको नाश गर्न आउनेवाला शत्रुको विमानमा आफ्नो विमानको मुखमा रहने वैश्र्वानर नामको नलीमा ज्वालिनीलाई जलाएर शत्रुको विमान नष्ट गराउन सकिन्छ । 

कल्याणमा प्रकाशित दामोदर जी साहित्याचार्यको आलेखसहित विमान शास्त्रको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ