arrow

पशुले गाउँमै फलायो स्वरोजगार : युवा स्वरोजगार कार्यक्रम अन्तर्गत २९ फर्म सिफारिस

logo
वद्री नयाँघरे,
प्रकाशित २०७२ चैत १२ शुक्रबार
Ramechhap-hamrakura.jpg.jpeg
रामेछाप । नेपाल सरकारले युवाहरुलाई स्थानीय स्तरमै व्यवसाय संचालन गरी आत्मनिर्भर बनाउने उद्देश्यले संचालन गरेको युवा लक्षित प्रर्वद्धनका लागि रामेछाप जिल्लावाट २९ वटा फर्म छनोटमा परेका छन् । जिल्ला पशुसेवा कार्यालय रामेछापले स्थलगत रुपमा गरेको अध्ययन र अनुगमनका क्रममा सरकारले तयार गरेको मापदण्ड अनुसार जिल्ला पशु विकास कार्यालय अन्तर्गतको छनौट कार्यदलले कार्यक्रमका लागि आवेदन दिएका १ सय ७ वटा विभिन्न पशु फर्महरु मध्येबाट २९ वटा फर्म छनोट गरेको हो । जसअनुसार समितिले जिल्ला भरीका मान्यता प्राप्त ५८ वटा वाख्रा फर्म, २५ वटा गाई र भैसी फर्म तथा २४ वटा बंगुर फर्म मध्ये प्रति फर्म १ लाख अनुदान पाउने गरी उक्त फर्महरुको छनोट भएको बताइएको छ । 
 
सो प्रयोजनको लागि कार्यालयले आवेदन प्राप्त सबै फारामहरुमा त्यहाँको यथार्थ वस्तुस्थिती संकलन गरी ल्याउनको लागि आधिकारीक टोली खटाएको थियो । सो टोलीको सिफारिसको आधारमा जिल्ला समितिको बैठकले पुनः मूल्याकनं गरी जिल्ला भरीबाट सबैखालका गरी २९ वटा फर्म छनोट गरेको जिल्ला पशुविकास कार्यालयका प्रमुख ज्ञानवहादुर थापाले जानकारी दिए । थापाका अनुसार छनोटका क्रममा कसैलाई उचनिच नहोस् भन्नका लागि कार्यालयले आवश्यक विधिसहित आफ्ना कर्मचारीलाई परिचालन गरेको र सोही विधिको आधारमा प्रति फार्म एक–एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । 
 
जसमा सबैभन्दा वढी सदरमुकाम आस–पासकै रहेका छन् । त्यो बाहेक पिंखुरी, पुरानागाउँ, डडुवा, गेलु, रामपुर, टोकरपुर, खनियापानी, तिल्पुगं, दोरम्वा, नामाडी, फुलासी, सुकाजोर लगाएतका गाविसमा व्यवसायिक रुपमा काम गर्दै आएका फर्महरु समेत परेका छन् । त्यसका लागि सबैभन्दा बढी युवाहरुले संचालन गरेका फर्महरु छन् । उनीहरुलाई आगामी दिनमा थप व्यवसायीक पनि आयआर्जन गर्न सकुन भन्ने उद्देश्यका लागि कार्यालयले कूल २९ वटा फर्महरुलाई प्रर्वद्धन कार्यक्रम अन्तर्गत सिफारिस गरेको जिल्ला पशु स्वास्थ्य प्राविधिक मुकुन्द खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ