arrow

सरकारकै कारण संघीयताप्रति निराशा बढ्योः सिटौला

‘ जनतामा निराशा बढे कसरी व्यवस्था बलियो हुन्छ, कसरी सरकार बलियो हुन्छ ? ' 

logo
प्रकाशित २०७६ असार १५ आइतबार
Krishna_sitaula.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारको काम गर्ने गलत शैलीका कारण संघीयताप्रति जनतामा निराशा बढेको बताएका छन्। उनले जनतामा आएको निराशाका कारण संघीयता खारेजीको बाटोमा जान लागेकोप्रति चिन्ता समेत व्यक्त व्यक्त गरे । सत्तापक्ष बेलैमा सचेत नभए मुलुकको शासन व्यवस्था नै खतरामा पर्ने उनको आशंका छ। 

आइतबार आफ्नो निवासमा भएको पत्रकाहरुसँगको भेटमा सिटौलाले छोटो समयमा नै संघीयताप्रति जनताको निराशा बढेको भन्दै केन्द्र सरकार र प्रदेश सरकारलाई सचेत रहन समेत आग्रह समेत गरे । ‘संघीयता आएको एक डेढ वर्ष मात्रै भयो, संघीयताप्रति जनतामा निराशा बढ्न थाल्यो,’ सिटौलाले भने, ‘जनतामा निराशा बढे कसरी व्यवस्था बलियो हुन्छ, कसरी सरकार बलियो हुन्छ ?, केन्द्र सरकार र प्रदेश सरकार गम्भीर बनोस ।' 

प्रदेश सरकारको काम कारवाहीका कारण जनतामा प्रदेश सरकार नभए पनि हुन्छ भन्ने भावना आउन थालेको भन्दै उनले प्रदेश सरकार समेत जनताप्रति बढी भन्दा बढी जिम्मेवार बन्नु पर्ने बताए । उनले राजा चाहिन्छ भन्ने नाममा उग्र दक्षिणपन्थी र विप्लवका नाममा उग्रवामपन्थीहरु दिनप्रतिदिन सक्रिय भएको समेत विश्लेषण गरे । 

सिटौलाले परिवर्तनका वाहक दलहरुले संविधाननको मौलिक पक्षलाई बलियो बनाउनेतर्फ आवाज समेत नउठाएकोमा आश्चर्य व्यक्त गरे । 

सिटौलाले केन्द्रीय कार्यसमितिको म्याद अन्तिम अन्तिममा पुगेको अवस्थामा पार्टी नेतृत्वले महाधिवेशन गर्ने लक्ष्य नै लिएको भए तत्कालै कार्यतालिका ल्याउन समेत आग्रह गरे । 

लोकतन्त्रका लागि लड्ने र अरुलाई लोकतान्त्रिक अभ्यास सिकाउने दलले नै आफूले लोकतन्त्रको अभ्यास नमाने अरुलाई सिकाउनुको कुनै अर्थ नहुने सिटौलाले बताएका हुन । उनले पार्टीको केन्द्र र जिल्ला बाहेकको संघीय संरचना नभएका कारण निर्वाचन पछिको कांग्रेस झन कमजोर भएको समेत बताए ।पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनबाट कांग्रेसका भातृ संगठनहरु समेत लथालिंग स्थितिमा पुगेको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ