arrow

कति वर्षभित्र सरकारी सेवा प्रवेश ? 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
nijamati-karmachari.jpg

काठमाडौं। सरकारी सेवामा प्रवेशको उमेर एकाएक घटाउन संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले प्रस्ताव गरेको छ । समितिले उमेर घटाएर १६ देखि ३० वर्ष बनाउने प्रस्ताव गरेको हो । 

अहिलेसम्म पुरुषले ३५ वर्षभित्र र महिलाले ४० वर्षभित्र सेवा प्रवेश पाउँछन् । महिला र अपांगताको हकमा ३५ वर्ष बनाउन प्रस्ताव गरिएको छ ।

यस विषयमा अन्य कानुन बाझिए–नबाझिएको हेरेर उक्त व्यवस्था गर्न समितिकी सभापति शशी श्रेष्ठले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएकी छिन् । 

विधेयकको दफा १३ मा रहेको ‘उम्मेदवार हुनका लागि अयोग्यता’ माथि दफावार छलफल गर्दै सांसदहरुले लोकसेवा प्रवेशको न्यूनतमदेखि अधिकतम उमेरसम्म घटाउने प्रस्ताव गरेका थिए । 

विधेयकमा राजपत्र अनंकित वा सो सरहको हकमा न्यूनतम उमेर १८ वर्ष राजपत्रांकित वा सो सरहको हकमा २१ वर्ष प्रवेश उमेर छ र अधिकतम उमेर पुरुषका हकमा ३५ र महिलाका हकमा ४० छ ।

राज्यले १६ वर्षमै नागरिकता दिने भएकाले सरकारी सेवामा प्रवेश पनि सोही उमेरलाई मान्नुपर्ने प्रस्ताव सांसदहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ