arrow

हातमा हिलो त लागेन नि नवराज सिलवाल ज्यू ? 

logo
प्रकाशित २०७६ असार १६ सोमबार
nawaraj-silwal.jpg

काठमाडौं । आइतबार असार १५ । कृषिप्रधान देशमा कसैले साँच्चिकै हिलाम्मे भएर रोपाइँ गरे त कसैले सामाजिक संजालमा फोटो राख्नका लागि मात्रै भए पनि नाटक गरे । 

कृषिमा नेपालको परनिर्भरता बढ्दै गइरहेको सन्दर्भमा सरकारले यथोचित सिँचाईको व्यवस्था गर्न नसकेको र सबैभन्दा बढी खपत हुने धानका लागि प्रवन्ध गर्न नसकेको आरोप लागेकै छ । 

त्यसमाथि अहिलेको कम्युनिष्ट सरकारले कृषिलाई प्राथमिकता दिनुको सट्टा आधुनिकताका नाममा चर्तिकला गर्दै आइरहेको देखिँदै छ । 

त्यसमाथि आफूले आफैलाई ब्यंग्य गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का माननीयले देखाएको हर्कत भने क्षमायुक्त हुन सक्ने अवस्थाकै छैन । 

ती पात्र हुन् माननीय नवराज सिलवाल । उनले चुनावका बेलामा धान काट्दै गरेको फोटो राखेर चर्चा बटुलेका थिए । अहिले फेरि त्यस्तै चर्चा बटुलेका छन् –नकारात्मक चर्चा । 

सामान्यतया रोपाइ गर्दा हिलो हुन्छ । हिलोमै धानको बीउ रोप्ने हो । तबमात्र रोपाइ हुन्छ । 

हिलोदेखि डराउनेले कहिल्यै पनि रोपाइ गर्न सक्दैन । तर मानयीय सिलवालको डिक्सनेरीमा भने हिलोबिना पनि रोपाइ हुन सक्छ भन्ने एउटा आधुनिक ब्यंग्य देखिएको छ । 

उनले खेतको आलीमा बसेर रोपेको धानमा पञ्जा लगाएर फेरि रोपाइ गर्दै गरेको फोटो राखेका छन् सामाजिक संजालमा । 

फोटो खिच्नका लागिमात्रै यो हर्कट गरेकोमा दुईमत छैन । तर एक पूर्व वरिष्ठ प्रहरी अधिकृतसमेत रहेका उनले मर्यादा भुलेर यस्तो फोटो राख्दा भने सच्चा किसानको चित्त दुख्नु स्वभाविकै हो । 

कार्यकर्ताले संगसंगै बसेर तस्वीर खिच्नु अलग कुरा हुन सक्ला । तर ललितपुर क्षेत्र नम्बर १ का जनप्रतिनिधि उनलाई धान रोप्ने कसरी भन्ने कुराको जानकारी छैन भन्न सकिँदैन । 

उनी ललितपुरे नै हुन् । उनले देखाएको हर्कतले सामाजिक सञ्जालमा पाखण्डको रुपमा उनको आलोचचना भइरहेको छ । 

देखावटी नै भए पनि कम्तीमा धान रोप्ने बेलामा कसैले पनि पञ्जा लगाएर र पार्टी सुज लगाएर गएको देखिएको थिएन । 

कतै पञ्जा र सुजमा हिलो त लागेन पनि भनी प्रश्न समेत उनलाई गरिएको छ ।  

हामीलाई पनि सोध्न मन लागेको छ कतै हातमा हिलो त लागेन नि नवराज सिलवाल ज्यू ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ