arrow

त्रिविका सवै क्याम्पसमा वाईफाई !

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
wifi.jpg.jpeg
काठमाडौं । विश्वविद्यालयले केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पसमा ‘वाईफाई जोन’विकास गर्ने भएको छ। पहिलो चरणमा कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालयमा यसै वर्षबाट सुरु गरिने अधिकारीले जनाएका छन्। 
 
उपकुलपति प्राध्यापक तीर्थराज खनियाँका अनुसार त्रिविको पठनपाठन र अनुसन्धानलाई प्रविधियुक्त शिक्षणका रूपमा विकास गर्ने उद्देश्यले ‘वाईफाई जोन’ बनाउन लागिएको हो। ‘ई–लर्निङ, ई–प्रशासन, ई–पुस्तकालय, अनलाइन र दूर शिक्षाजस्ता क्षेत्रमा एक्काइसौं शताब्दीको आधुनिक शिक्षाको पहुँच पुर्‍याउन वाईफाई जोन बनाउन पहल गरिएको हो,’उपकुलपति खनियाँले भने, ‘प्रारम्भिक चरणमा त्रिवि कीर्तिपुर परिसरलाई वाईफाई जोन बनाइने छ।’
 
त्यस निम्ति प्राध्यापक लेखनाथ शर्माको संयोजकत्वमा गठित प्राविधिक समितिले प्रतिवेदनका आधार प्रक्रिया अघि बढाइएको जनाइएको छ। प्रतिवेदनअनुसार तीन चरणमा वाईफाई विस्तार गरिने छ। कीर्तिपुर हातामा त्रिविको केन्द्रीय कार्यालय, ३३ विभाग, डिनको कार्यालय, अनुसन्धान केन्द्रहरू, परीक्षा नियन्त्रण कार्यालय, प्राध्यापक आवास, छात्रावास, केन्द्रीय पुस्तकालयलगायत रहेका छन्। कान्तिपुर दैनिकमा समाचार छ - त्रिविको देशभरिमा ६० आंगिक क्याम्पस छन् । दोस्रो चरणमा उपत्यकाभित्रका आंगिक क्याम्पसहरू र तेस्रो चरणमा उपत्यका बाहिरका क्याम्पसमा विस्तार गरिने जनाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ