arrow

ओली सरकारको असारे विकासः दैनिक साढे चार अर्ब खर्च

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
kp-sharma-oli.jpg

काठमाडौं । बहुमतको सरकार भनेको विधि र विधान मिचेर काम गर्न पाउने लाइसेन्स प्राप्त सरकार जस्तै भएको छ ।

अहिले केपी शर्मा ओली नेतृत्वको सरकारले ऐन र संसदीय समितिको निर्देशन विपरीत बजेटको अत्यधिक रकम असारमा खर्च गरिरहेको छ ।

असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ । 

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसदको अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था गरेको छ ।

तर १५ दिनमै बजेटको ५.२१ प्रतिशत खर्च भइसकेकाले संसदीय समितिको निर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उल्लंघन गर्ने निश्चित जस्तै छ । (कान्तिपुर दैनिकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ