arrow

छोरा प्रकाशको तस्वीरलाई अभिवादन गर्दै प्रचण्ड

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
prakash-dahal-prachanda.jpg

काठमाडौं।  स्व. प्रकाश दाहालको ३८ औं जन्म जयन्तीका अवसरमा प्रतिष्ठानद्वारा आयोजित  प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान २०७६ कार्यक्रममा छोरा प्रकाश दाहालको तस्वीरमा माल्यापर्ण साथै अभिवादन गर्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’।

तत्कालीन माओवादी केन्द्रका पोलिट्व्यूरो सदस्य एवं प्रचण्डका स्वकीय सचिवसमेत रहेका प्रकाशको २०७४  मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो । एमाले–माओवादीको चुनावी गठबन्धनको तयारीका लागि काठमाडौं आएका बेला प्रकाशको आकस्मिक निधन भएको थियो।

स्व दाहाल सानै उमेरमा विसं २०५७ सालदेखि पूर्णकालीन भई केन्द्रीय कार्यालयमा पार्टी अध्यक्षको निजी सचिवको जिम्मेवारीमा रहनुका साथै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा दुवै कार्यकालमा सचिवालयमा रही अत्यन्तै जिम्मेवार भूमिका निर्वाह गरेका थिए ।  युद्धकालको कठिन र संघर्षमय दिनमा पनि कहिल्यै विचलित नभई उनले पार्टी गतिविधिमा निरन्तर सक्रिय रहेका थिए ।

१० वर्षे जनयुद्धको क्रममा १७ हजार नेपाली जनताको नरसंहार गरेको आरोप खेपिरहेका दाहालले दुई सन्तान गुमाइसकेका छन् । आफ्नो पहिलो सन्तानको रुपमा रहेकी जेठी छोरीलाई ४० वर्षको अल्पायुमा नै गुमाउनु परेको चोटमा मलम पट्टी लगाउन नपाउँदै पुत्र प्रकाश गुमाए ।

२०७० साल चैत्र १३ गते  श्वासप्रश्वासमा समस्या देखिएपछि राजधानीकै ओम अस्पतालमा भर्ना गराएकी जेठी पुत्री ज्ञानुलाई गुमाएका थिए । क्यान्सरबाट पीडित भएकी छोरीको उपचारका लागि अमेरिका र भारतका विभिन्न अस्पतालहरु घुमेका प्रचण्डको  लागि ०७० चैत्र १३ गते कालरात्रीका रुपमा प्रकट भयो । त्यो पीडा भुल्दै गएका प्रचण्डले फेरि मंसिर ३ गते फेरि अर्को बज्रपात सहनु पर्‍यो । एकमात्र पुत्र प्रकाशको असामयिक निधन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ