arrow

खानेपानीका ईन्जिनियर रंगेहात पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार १७ मंगलबार
Akhtiyaar.jpg

स्याङ्जा । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जामा कार्यरत ईन्जिनीयर घुस लिएको रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । डिभिजन कार्यालयमा कार्यरत ईन्जिनियर वसी अख्तर महोम्मद मियाँ ४ लाख ५५ हजार रकम लिदालिदै रंगेहात पक्राउ परेका हुन् । उनलाई आफ्नै भाडाको कोठामा लेनदेन गर्नेक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले नगद सहित मियाँलाई पक्राउ गरेको थियो ।

बिरुवा गाउँपालिका ८ मा संचालित छत्रे खानेपानी उपभोक्ता समिति अन्र्तगतको योजनाबाट रकम लिएका मियाँलाई अख्तियारको पोखरा कार्यालयबाट खटिएको प्रहरी नायव निरिक्षक रोशन खड्काको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई आवश्यक अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ ।

रौतहट जिल्ला स्थाथ नगरपालिका ९ स्थायी घर भएका ईन्जिनियर मियाँ विगत लामो समयदेखि खानेपानी कार्यालयमा कार्यरत थिए । पुतलीबजार नगरपालिका १ नारायणस्थानका स्थानीय अनन्त मरासिनीको घरमो भाडाको कोठाबाट बस्दै आएका थिए । उनलाई रकम बुझ्दाबुझ्दै टोलीले पक्राउ गरेको थियो ।

स्थानीय ५७ घर परिवारलाई खानेपानीको सुविधा उपलब्ध गराने उद्देश्यले आर्थिक वर्ष २०७३÷०७४ मा योजनाको सर्बे गरिएको थियो । कुल लागत २ करोड ६ लाख ११ हजार ८ सय रहेको योजनाको चालु आर्थिक वर्षमा २ लाख ३७ हजार विनियोजिन भएपनि २५ लाख बजेट थपिएको जिल्ला खानेपानी तथा सरसरफाई डिभिजन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ