arrow

एनआरएन युके निर्वाचनमाः आइसीसी सदस्य सिम्खडालाई कारबाहीको माग 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
simkhada.jpg

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) युकेको हालै भएको कार्यसमितिको  बैठक विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सम्पन्न भएको  छ। 

खासगरी आगामी सेप्टेम्वर १४ मा संघको निर्वाचन हुँदै गर्दा  एनआरएन केन्द्रले जारी गरेको विधानमा उल्लेख भए अनुसार एनसीसी अर्थात् राष्ट्रिय समितिको निर्वाचनमा  कुनैपनि राजनीतिक तथा जातीय प्यानल बनाउन रोक लगाउने निर्णयलाई समर्थन गर्दै निर्वाचनमा जातीय तथा राजनैतिक प्यानल नबनाउन आग्रह गरिएको  छ। 

आइतवार सम्पन्न बैठकको निर्णय अनुसार निर्वाचन समिति गठन गर्ने सम्पूर्ण अधिकार अध्यक्ष योगकुमार फगामीलाई दिइएको छ। बैठकले सदस्यताबाट प्राप्त प्रति सदस्य ५० पेन्स हिमाल आरोही निर्मल पुर्जालाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकले एक एनसीसी एक परियोजना अन्तर्गत भरतपुर महानगरपालिकामा एम्बुलेन्सका लागि आर्थिक संकलन गर्ने निर्णय गरेको छ।

बैठकले संघको निर्वाचनमा भाग लिन चाहने व्यक्तिहरुको सदस्यता  फारम र शुल्क ३१ जुलाई भित्र अनिवार्य पेश गर्न आग्रह गर्नुका साथै फाराम बुझाउन हरेक दिन १० बजेदेखि १ बजेसम्म अफिस खुला राख्ने निर्णय समेत गरेको छ। 

यसैबीच एन आर एन युकेका अध्यक्षका चार प्रत्यासीहरुले एनआरएनए अन्तरास्ट्रिय समिति (आईसिसी) सदस्य रामशरण सिंखडाले निर्वाचन आचार संहिता विपरीत गतिविधि गरेको आरोप लगाउँदै कारवाहीको माग गरेका छन् ।  

अध्यक्षका प्रत्यासीहरु शेर सुनवार, प्रेम गहामगर, शुशिला राई र ललित न्यौपानेले एनआरएन युकेका अध्यक्ष फगामीलाई बैठकमा कारबाहीको माग गर्दै एक ज्ञापन पत्र बुझाएका छन् । उक्त ज्ञापनपत्रको बोधार्थ एनआरएन  आइसीसी अध्यक्ष भबन भट्टलाईसमेत दिइएको छ। 

संयुक्त उजुरीमा कुनै एक उम्मेदवारका पक्षमा लविङ गर्ने, जातीय र राजनीतिक समूह बनाउँदै हिँडने, उम्मेदवारका सामाजिक संजालमा लाइभ गर्ने र भोट माग्दै हिँड्ने गरेको आरोप लगाइएको छ। 

उनको क्रियाकलापबाट राष्ट्रिय महाधिवेसन सन्चालनसम्बन्धी नियमावली २०१९ को उल्लंघन भएको समेत दाबी गरिएको छ । 

उजुरीमा आईसीसी सदस्य सिंखडाका गतिविधिले निष्पक्षता माथि गम्भिर प्रश्न खडा भएको जनाइएको छ । उजुरीमा त्यस प्रकारका गतिविधिहरु रोक्न नसके बेलायतको नेपाली समाजमा भ्रम सिर्जना भई चरम ध्रुवीकरणमा जाने चेतावनी समेत दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ