arrow

भुपु विद्यार्थीको पहलमा विद्यालयमा विपन्न विद्यार्थी अक्षयकोष स्थापना 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
help1.jpg

गोरखा । गोरखाको भिमसेन गाउँपालिका ३ मा रहेको नवज्योति माध्यमिक विद्यालयमा विपन्न विद्यार्थी अक्षयकोष स्थापना भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका विद्यालयका भुपु विद्यार्थी कृष्णप्रसाद भट्टको पहलमा अमेरिकामा विभिन्न पेशा र व्यवसाय सञ्चालन गर्दै आएका ६८ जना नेपाली समाजसेवी सामाजिक अभियन्ताहरुबाट २,६३१ अमेरिकी डलर संकलन गरी विद्यालयलाई उपलब्ध गराएका थिए । 

सो रकममध्ये दुई लाख रुपैयाँको विपन्न विद्यार्थी कोष र ८४ हजार रुपैयाँ बराबरको इसीडीदेखि १० कक्षासम्मका विद्यार्थीलाई शैक्षिक सामग्री स्वरुप १३५ जना विद्यार्थीलाई झोला वितरण गरिएको विद्यालयले जानकारी  दिएको छ । 

सो अक्षयकोषको रकमलाई बैक खातामा जम्मा गरी सो रकमबाट आएको व्याजबाट प्रत्येक वर्ष विद्यालयको बार्षिक उत्सवमा विपन्न विद्यार्थी विद्यालयले छनोट गरी  विद्यार्थीलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराउने विद्यालयले जनाएको छ ।  

विद्यालयमा आयोजित कार्यक्रममा विदालयका शिक्षक तारानाथ भट्टले विद्यालयका प्रधानाध्यापक ठाकुर लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नप्रसाद पुडासैनीलाई सो रकम उपलब्ध गराउनुको साथै विद्यार्थीहरुलाई झोला बितरण गरिएको विद्यालयकी शिक्षिका गीता सिम्खडाले जानकारी दिइन् । 

कार्यक्रममा विदालयको तर्फबाट प्रधानाध्यापक लामिछाने र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुडासैनीले भुपु विद्यार्थीको पहलमा भएको यस अक्षयकोष निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण अमेरिकाबासी सहयोगी मनहरुलाई सदैव विद्यालयले सम्झिरहने र उनीहरुलाई सहयोग उपलब्ध गराइदिएकामा धन्यवाद व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ