arrow

हुवावेईलाई कालोसूचीमा राखेको कम्पनी जस्तो व्यवहार गर्न निर्देशन

logo
एजेन्सी
प्रकाशित २०७६ असार १८ बुधबार
huawei-trump.jpg

काठमाडौं । अमेरिकाले आफ्ना कर्मचारीलाई अझै पनि हुवावेईलाई कालोसूचीमा राखिएको कम्पनीको जस्तो व्यवहार गर्न निर्देशन दिएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेईलाई अमेरिकी कम्पनीसँग व्यापारको अनुमति दिइने बताए पनि हुवावेईलाई कालोसूचीमा राखिएको कम्पनीजस्तो व्यवहारको लागि कर्मचारीलाई निर्देशन दिइएको हो । 

एक शीर्ष अमेरिकी अधिकारीले वाणिज्य मन्त्रालयले आफ्ना कर्मचारीलाई यस्तो निर्देशन दिएको बताएका हुन् । गत शनिवार ट्रम्पले चिनियाँ समकक्षी सी चिनफिङसँगको वार्तापछि सबैलाई आश्चर्यमा पार्दै हुवावेईमाथि लगाइएको प्रतिबन्ध फकुवा गर्ने बताएका थिए । 

गत मे महीनामा ट्रम्पले हुवावेईलाई कालोसूचीमा राख्ने निर्णय गरेका थिए । हुवावेईका उत्पादन अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिम रहेको ट्रम्पको बुझाइ छ । हुवावेईले भने यसको खण्डन गर्दै आइरहेको छ । 

ट्रम्पको शनिवारको घोषणासँगै अमेरिकाको वास्तविक नीति के हो भन्ने विषयमा अन्योल पैदा भएको हो । सोमबार अमेरिकी मन्त्रालयले आफ्ना कर्मचारीलाई इमेल पठाउँदै हुवावेईलाई कालोसूचीमा राखिएको जस्तो व्यवहारको लागि निर्देशन दिएको हो । 

अमेरिकाको वाणिज्य मन्त्रालयले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ