arrow

संघीयभन्दा प्रदेश दुई र स्थानीय सरकार क्रुर

विकास र संचार संस्थाको दिगो विकास सम्बन्धी एक दिवसीय गोष्ठी

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार १८ बुधबार
gosti1.jpg

जनकपुरधाम। जनकपुरधाममा पत्रकारहरुको हकहित र वृति विकासका लागि संघीय सरकार भन्दापनि बढी क्रुर प्रदेश नम्बर दुई  र स्थानीय सरकार भएको आरोप पत्रकारहरुले लगाएको छ ।

भूमिजा मिडियाले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकारहरुको वृत्ति विकास र सञ्चार संस्थाको दिगो विकाससम्बन्धी गोष्ठीमा बोल्दै प्रदेश २ का राजपा सचेतक परमेश्वर साहले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सदन र सरकारमा समेत आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे।

भूमिजा मिडियाद्वारा  जनकपुरधाम भएको धनुषा क्षेत्र नम्बर ३  को ख का प्रदेश सभा सदस्य परमेश्वर साहको सहयोगमा आयोजित संघीय संरचनामा पत्रकारहरुको वृति विकास र संचार संस्थाको दिगो विकास सम्बन्धी एक दिवसीय गोष्ठीमा सहभागी पत्रकारहरुले यस्तो आरोप लगाएका छन ।

कार्यक्रममा पत्रकारहरुले संघीय सरकारले पत्रकारहरुसंग विभेद गर्दै नै आएको थियो तर, प्रदेश र स्थानीय सरकार त्यो भन्दा पनि बढी क्षमता अभिवृद्धि र पत्रकारिता पेशामाथि दमन शोषण दमन गर्दै क्रुर प्रवृति देखाएको बताए ।

उनीहरुले देशको नयाँ संरचनामा प्रदेश र स्थानीय सरकारबाट पत्रकारको आवरणमा रहेका गलत व्यक्तिहरुलाई सहयोग गर्ने र पत्रकारिता पेशामा संघर्षशीललाई उपेक्षा गर्दै आएको आरोप लगाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवम् सोतत्रसेनानी  राजेश्वर नेपालीले भने पत्रकारहरुको वृति विकास र क्षमता अभिवृद्धिका लागि प्रादेशिक पत्रकारिता प्रशिक्षण केन्द्र, प्रादेशिक संचार माध्यमको स्थापना र समानुपातिक विज्ञापन निती ल्याउनुपर्ने तर्क राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारहरुको सहयोगले स्थापना भएको प्रदेश र स्थानीय सरकारले पत्रकारिता पेशालाई संरक्षण गर्न कुनै सहयोग नगरेको समेत आरोप लगाए।

अध्यक्ष मिश्रले पेशागत संघ संगठनलाई लत्याउंदै पत्रकारिता प्रशिक्षण सहितका विभिन्न योजनाको नाममा लाखौलाख रुपैया पत्रकारको नाममा गलत व्यक्तिलाई बांडेर दुरुपयोग गरेका बताए ।

सो कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य परमेश्वर साहले पत्रकारहरुको हकहित र संरक्षणका लागि आफू सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउंदै सदन र सरकारमा समेत पत्रकारहरुको क्षमता अभिवृद्धि र समानुपातिक विज्ञापन प्रणाली निति लागू गर्न आफ्नो तर्फबाट आवाज उठाउने तर्क राखे ।

कार्यक्रममा  एक दर्जनभन्दा बढी पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ