arrow

प्रदेश पाँच र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध

logo
प्रकाशित २०७६ असार १८ बुधबार
pradesh-s-china.jpg

बुटवल । प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शंकर पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीन ली बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर भएपछि मुख्यमन्त्री पोखरेलले यो समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाईमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गरे ।  त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो घनिष्ठ सम्बन्ध रहदै आएको र यो समझदारीले भविष्यको उज्यालो यात्रा कोरेको बताए ।

समझदारीपछि मुख्यमन्त्री पोखरेल र गभर्नर लीले दुई प्रदेशबीच उच्च स्तरको भ्रमण आदानप्रदान बढाउँदै समृद्धिको यात्रामा एकआपसमा सघाउ पु¥याउदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्रीले सम्बन्धलाई नयाँ उचाईमा अघि बढाउन नेपाली जनताको पहिलेदेखिको चाहना पूरा भएको बताए । उनले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी ओलीको सन्देश पनि सुनाए ।उनले गभर्नर लीलाई प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरे ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको र छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह रे ।

गभर्नर ली ले लुम्बिनी भ्रमणको निम्ता दिएकोमा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताए । प्रदेश ५ कृषि र पर्यटन विकासको प्रचुर संभावना रहेको र सिचुवानले कृषिको व्यवसायिक विकास र पर्यटन प्रवद्र्धनमा गरेको हासिल गरेको अनुभव काम लाग्ने मुख्यमन्त्री पोखरेलले बताए ।

त्यसैगरी औद्योगिक विकासको संभावना उत्तिकै रहेको प्रदेश ५ मा तीन औद्योगिक क्षेत्र बन्न लागिरहेको जानकारी गराउँदै मुख्यमन्त्रीले सिचुवानका लगानीकर्तालाई लगानीका लागि गभर्नरबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे ।

यसैगरी मुख्यमन्त्रीसंग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक मा से सङबीच भेटवार्ता भएको छ । साथैमुख्यमन्त्री र कृषि अनुसन्धान केन्द्रका प्रमुख यान सिउपिनबीच पनि भेट भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुगेका हुन् ।
 
मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश ५ कि सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकका मेयर घननारायण श्रेष्ठ, युवा संगठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर अध्यक्ष प्रेमकुमार राई,मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी,स्वकीय सचिव तिरनराज गौतम,युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द,मञ्जुदेवी साह, पत्रकारहरु मोहन बास्तोला र देविका घर्ती छन् ।

त्यसैगरी भ्रमणका क्रममा सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुनेछ ।

मुख्यममन्त्री पोखरेल असार २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ