arrow

राहुल गान्धी हटे कुर्सीबाट, २१ वर्षपछि कांग्रेसलाई गैर–गान्धी अध्यक्ष मिल्ने सम्भावना 

logo
प्रकाशित २०७६ असार १८ बुधबार
rahul-gandhi4.jpg

काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी अब कुर्सीमा नबस्ने भएका छन् । सन् २०१७ को डिसेम्बरबाट काँग्रेस अध्यक्ष बनेका राहुलले पार्टीलाई लोकसभा चुनावमा सफल बनाउन नसकेपछि अब आफ्नो कुर्सीमा बस्ने अधिकार नभएको भन्दै नैतिकताको आधारमा कुर्सीमा नबस्ने निर्णय गरेका हुन् । 

गने मे २५ तारिखमै काँग्रेस कार्यसमिति बैठकमा राजीनामा पेश गरे पनि स्वीकृत भएको छैन । तर बुधबार उनले कुर्सीमा नबस्ने निर्णय गरेका हुन् । 

राहुलले आफूले पार्टी हारको जिम्मा लिँदै कुर्सी छाडेको र गल्ती गर्ने अरुहरुलाई पनि कार्वाही गर्नुपर्ने बताएका छन् । उनले छिट्टै कांग्रेस कार्यसमिति बैठक बसेर नयाँ अध्यक्ष तय गरोस् भनी आग्रह गरेका छन् । 

राहुलले कुर्सी छाडेपछि २१ वर्षपछि कांग्रेसले गैर–गान्धी अध्यक्ष पाउने सम्भावना पनि छ । सन् १९९६–९८ मा सीताराम केसरीले अध्यक्षको जिम्मेवारी निभाएका थिए । 

कांग्रेस अध्यक्षका लागि पूर्व गृह मन्त्री सुशील शिन्दे, अशोक गहलोत, मल्लिकार्जुन खड्गे लगायतको नाम अगाडि आइरहेको छ । 

राहुलले आफ्नो ट्वीटर ह्याण्डलबाट कांग्रेस अध्यक्ष भन्ने शब्द पनि हटाएका छन् । उनले ट्वीटरमा चार पृष्ठ लामो कुर्सी छोड्नुको कारण पनि खुलाएर पत्र पोष्ट गरेका छन् । 

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ