arrow

किन बढ्दै गयो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको समस्या, आठ घण्टापछि समाधान

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं । पछिल्लो समय समाजिक संजाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा पटक पटक समस्या आउन थालेको छ । बुधबार राति पनि त्यस्तै भयो बिहीबार बिहानसम्मै । करिब आठ घण्टासम्म आंशिक रुपमा मात्र यी संजाल सञ्चालन भए । 

लामो समयपछि बिहीबार बिहान फेसबुकले ती समस्या समाधान भएको जनाएको छ । ती एप्समा तस्वीर र भिडियो पोस्ट गर्नमा समस्या देखिएको थियो । पोस्ट गरेका भिडियो तथा तस्वीरको आकारमात्र देखिने तर खोल्न नमिल्ने लगायतका समस्या देखिएका थिए । 

फेसबुकमा केही तस्वीर, भिडियो तथा अन्य डाटा एक्सेसमा समस्या भएको थियो । समस्या सिर्जना भएलगत्तै फेसबुकले ट्वीट गरेर समस्याबारे जानकारी भएको र यसको समाधानका लागि काम गरिरहेको जनाएको थियो ।

समस्या समाधान भएपछि फेसबुकले समस्या समाधान गरिएको जानकारी दिएको छ । ‘समस्या समाधान गरिएको र कुनै प्रकारको असुविधाका लागि खेद प्रकट गर्दछौं’, फेसबुकले भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ