arrow

खुल्ला दिसामुक्त गर्ने देशकै पहिलो महानगर बन्यो विराटनगर 

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
biratnagar-khulla-disa.JPG

विराटनगर । विराटनगर महानगरपालिकालाई  खुला दिसामुक्त महानगर घोषणा गरिएको छ । महानगरपालिका भित्रका सबै घरमा शौचालय निर्माण भए संगै बुधबारबाट खुला दिसामुक्त महानगर घोषणा गरिएको हो ।

 यो घोषणा संगै विराटनगर महानगरपालिका नेपाल कै पहिलो  खुला दिसामुक्त महानगर बनेको छ । नगरको संरचनामा समेत फेरवदल भएसंगै विराटनगर महानगरका गाभिएका वडा नम्बर १८ र १९ लाई समेत बुधबार खुल्ला दिशामुक्त वडा घोषणा गरेसंगै विराटनगर महानगर पूर्णरुपमा  खुल्लादिसामुक्त क्षेत्र घोषणा भएको हो ।  

यसभन्दा अगाडि नै महानगरपालिका भित्रका अन्य वडाका सबै घरधुरीमा चर्पीको पहुच पुगिसकेको थियो । वडा नम्बर १८ का २ हजार २ सय ५६ घरधुरीमा नै चर्पी निर्माण गरी खुल्ला दिशामुक्त घोषणा गरिएको छ भने १९ का २ हजार ९ सय ५१ घरमा नै चर्पी निर्माण गरी खुल्ला दिशामुक्त वडा घोषणा गरेसँगै विराटनगर  खुल्ला दिशामुक्त महानगर बन्न पुगेको छ ।  

अब महानगर भित्रका १९ वटै वडाका ५३ हजार ५ घरधुरीमा चर्पीको पहुँच पुगेको छ । उक्त कार्यक्रममा  बोल्दै प्रदेश नं. १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएकोमा धन्यवाद दिँदै यस्ता कामको निरन्तरता र कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले खुल्ला दिसामुक्त क्षेत्र बनाउने कुरा त्यति सहज नभएपनि लामो प्रयास र सवैको सहयोगमा सम्भव भएको बताए  । 

उनले खुल्ला दिसामुक्त अभियानलाई पूर्णता दिन दीर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताए । यसैगरी जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले मोरङ जिल्लालाई नै खुल्ला दिशामुक्त बनाउने अभियान अनुरुप कार्यहरु अगाडि बढाइएको बताए  ।

कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले सबैको साथ र सहयोगले विराटनगरलाई सुन्दर सफा र हरियाली बनाउन कुनै कसर बाँकी नराख्ने बताइन् । 

सो अबसरमा खुल्ला दिसामुक्त क्षेत्र अभियानमा काम गर्ने विभिन्न संस्थाहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा विराटनगर महानगरमा प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी ,नेकपा जिल्ला सदस्य शारदा मैनाली, संयुक्त टोल विकास समन्यव समितिका संयोजक राजेश मास्के ,समाजवादीका पार्टीका मो.नसरुल लगायतले आ आफ्ना धारणा राखेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ