arrow

सञ्जय दत्तकी छोरीका प्रेमीको निधन, त्रिशालाले भनिन्- म सधै याद गरिरहन्छु

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
sanjay-juwai.jpg

काठमाडौं । सञ्जय दत्तकी छोरी त्रिशाला दत्तका प्रेमीको मृत्यु भएको छ । यो घटनाबाट दुःखी भएकी उनले एक भावुक पोस्ट शेयर गरेकी छिन् । त्रिशाला आफ्ना इटालीयन प्रेमीसँग रिलेशनशीपमा थिइन् । मंगलवार उनको मृत्यु भएको हो ।

त्रिशालाले सामाजिक सञ्जालमा पोस्ट शेयर गर्दै आफ्नो मन दुखेको उल्लेख गरेकी छिन् । उनले आफूलाई प्रेम गर्ने, रक्षा गर्ने र ध्यान राखेकोमा आफ्ना प्रेमीलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् । प्रेमीलाई आफूलाई जीवनमा कहिल्यै पनि नमिलेको खुसी दिएको उनले उल्लेख गरेकी छिन् ।

त्रिशालाले आफ्ना प्रेमीसँग भेटेर भाग्यशाली बनेको र उनकी प्रेमिका बन्न पाएको धन्य भएको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन् –‘तिमी मभित्र सधैं जीवित रहनेछौ । म तिमीलाई प्रेम गर्छु र सधैं याद गरिरहनेछु । जबसम्म हामीहरु फेरि भेट्दैनौं ।’

त्रिशालाले कहिल्यै पनि आफ्नो प्रेमीको विषयमा धेरै खुलाएकी थिइनन् । उनको नाम पनि कहिल्यै सार्वजनिक गरिएको थिएन । उनले आफ्ना प्रेमी इटालियन भएको भने बताएकी थिइन् ।

त्रिशाला सञ्जय दत्त र उनकी पहिली पत्नी रिचा शर्माकी छोरी हुन् । सन् १९९६ मा क्यान्सरबाट रिचाको निधन भएको थियो । त्रिशालाको जन्म १९८८ मा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ