arrow

चाकडीमा जाँदा वास्ता नगर्ने राजा कसरी पुगे आफै सेवक बलिराम कहाँ ?

logo
अध्यात्म,
प्रकाशित २०७६ असार १९ बिहिबार
salam.jpg

काठमाडौं। बलिराम भगत ओरंगजेबको दरबारमा काम गर्दथे। उनी प्रस्तुतकर्ता थिए । उनि नियमित विहान दरबारमा जान्थे हाजिरी दिन्थे। बादशाह औरंगजेब उनिसँग कुरा गर्थे र उनको फाइलमा दस्तखत गरेर उनलाई पठाउथे ।

सदा झै एक दिन उनि जब दरबारमा गएर खडा भए तब निकै समयसम्म उभिदा पनि बादशाहले उनितर्फ हेरेनन् । यसबाट उनको मनमा आशंका मात्र उत्पन्न भएन उनलाई एक धक्का पनि लाग्यो । उनले मनमनै सोचे जति समय म यहाँ उभिए यति लामो समयसम्म भगवानको अगाडी उभिएको भए सायद भगवानले पनि मेरोतर्फ हेर्नुहुन्थ्यो । त्यति सोचेर उनले फाइललाई एक कुनामा फ्याले । त्यहाँबाट सारा नगरमा गएर बलिरामले सबै त्याग्दैछ भन्ने हल्ला गरेर उनी जंगलको एक रुखको फेदमा गएर बसे।

आफ्नो घरका सबै सामान त्यागेर उनि एक रुखको फेदमा गएर आरामले सुते। धेरै समयपछि बादशाहलाई बलिरामको ख्याल आयो । दरवारमा उनको खोजी हुन थाल्यो । राजाले उनलाई बलाउनको लागि मानिसहरु पठाए । उनिहरुले घरबार त्यागेर एक रुखको फेदमा बसिरहेको बलिरामलाई देखे ।

मानिसहरु सोधे,'बलिरामजी के भयो ?' बलिरामले भने,'भाइ मैले सबै कुरा त्यागि दिए । अब म कतै पनि जाने छैन ।'

बादशाह सामु बलिरामको खबर गयो। तब बादशाहले भने,'ठिकै छ यदि उ आउदैन भने म आफै जान्छु उ भएको ठाँउमा ।'

राजा पुग्दा पनि बलिराम रुख मुनि बसिरहेका थिए। बादशाहले अभिएर कराए तर उनले सुनेनन्। उनि मस्तसँग सुतिरहेका थिए। बादशाहले फेरी जोरले कराएर सोधे,'बलराम तिमिलाई अचानक यो के भयो ?'

बलरामले भने,' बादशाह सलामत ! तिम्रो दरबारमा आउँदा तीन तीन घण्टा उभिएपछि मात्र तिमि मसँग कुरा गर्ने समय निकालथ्यौ। एकदिन लामो समयसम्म उभिदा पनि तिमिले मतर्फ हेरेनौ। तब मेरो मनले मलाई नै धिक्कार्दै भन्यो कस्तो ठाँउमा उभिएको छस, जा त भगवानको दरबारमा उभिरहनु । र जब म भगवानको दरबारमा आए तब तिमी जस्ता बादशाह पनि मेरो दरबारमा खडा हुन थाल्यौ।'

त्यसैले भनियो
चाह गई, चिन्ता मिटि, मनुवा बेपरवाह ।
जिनको कुछ न चाहिए, वे हे शाहंशाह ।।   

आखिर जस्ले माया मोहमा नपरि सबै त्याग्छ वास्तवमा उ नै धनी बन्छ। उ नै शाहंशाह बन्छ। यस्तो छ सन्त महापुरुषहरुको दरबार जसले मानवलाई महान बनाउँछ। आफ्नो भक्तहरुलाई आफ्नो सदृश बनाउँछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ