arrow

घाम अस्ताएसँगै किन जान्छ कर्णालीमा टेलिकमको सेवा ? मन्त्रीले दिए स्पष्टीकरण

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
Telecom-Tower-2.jpg

काठमाडौं । कर्णाली प्रदेशका कतिपय जिल्लाहरुमा घाम लाग्दामात्रै टेलिकमले सेवा दिने गरेको विषयमा राष्ट्रिय सभामा सवाल उठेको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटासँग राष्ट्रिय सभाका सांसद जीवन बुढाले कर्णालीमा घामलाग्दा मात्रै किन टेलिकमले सेवा दिने गरेको छ ? भनेर प्रश्न गरेका थिए। 

सांसद बुढाले कर्णाली क्षेत्रमा टेलिकमको मात्रै समस्या नभएर रेडियो पनि नसुनिने र टेलिभिजन पनि देख्न नसकिने समस्या देखाएका थिए । ब्रोड ब्याण्डको सुविधासहित यसको समस्या समाधानको लागि सरकारले के गरिरहेको छ ? भनेर उनले मन्त्रीसँग प्रश्न गरेका थिए । 

जवाफमा मन्त्री बाँस्कोटाले भौगोलिक समस्याले गर्दा टावरहरुमा विद्युतको समस्याका कारण यस्तो भएको बताएका छन् । विद्युतको अभावका कारण सौर्य उर्जामा मात्रै भर पर्नु परेका कारणले घाम लाग्दा मात्रै यसले सेवा दिने गरेको बताए । 

रेडियो नेपालको कुरा गर्दा अहिले ८३ प्रतिशत जनतामा रेडियोको पहुँच उनले बताएका छन् । यो दर पछिल्लो वर्षमात्रै ३ प्रतिशतले बढेको पनि उनले बताएका छन् । ब्रोडब्याण्डको पहुँचको कुरा गर्दा यसवर्ष मात्रै १० प्रतिशतले यसको प्रयोगकर्ता बढेको उल्लेख गरेका छन् । ती सबैको लागि एफटीटीएच सेवाको विस्तार गर्न लागिएको जानकारी पनि मन्त्री बाँस्कोटाले जनाएका छन् । जसमा टेलिभिजन इन्टरनेट र भ्वाईसकलको सुविधा उपलब्ध हुनेछ । यसको नेपाल टेलिभिजनको प्रवन्ध निर्देशकले सुर्खेतमा उद्घाटन नै गरिसको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ