arrow

भारतमा पेट्रोल-डिजेलमा बढ्यो अन्तशुल्क, नेपालमा पनि पर्ला असर ?

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
petrol.jpg.jpeg

काठमाडौं । भारतमा पेट्रोल र डिजेलमा अन्तशुल्क बढेको छ । शुक्रबार वित्त मन्त्री निर्मला सितारमणले पेश गरेको बजेटमा पेट्रोल र डिजेलमा एक एक रुपैयाँ अन्तशुल्क बढाउने निर्णय गरेको छ । अहिलेसम्म अन्तशुल्कको व्यवस्था नभएकोमा यसपछि अतिरिक्त अन्तशुल्कको व्यवस्था गरेकी हुन् । यसले भारतीय बजारमा तेलको भाउमा बृद्धि हुने बताईएको छ । 

भारतमा तेलको भाउमा मुल्य बृद्धि भएपनि नेपालमा भने यसले असर नगर्ने जानकारहरुले बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भारतमा बढेको अन्तशुल्कले नेपालमा कुनै असर नगर्ने स्पष्ट पारे । 

ढकालले नेपालले भारतसँग खरीद गर्ने तेल अन्तराष्ट्रिय मूल्य अनुसार गरिने भन्दै भारतमा बढेको आन्तरिक मूल्य बृद्धिले नेपाललाई केही असर पनि नपर्ने स्पष्ट पारेका हुन् । निर्यातमा अन्तशुल्कको व्यवस्था नहुने भन्दै भारतीय आयल निगम र नेपाल आयल निगमबीच अन्तराष्ट्रिय मूल्य अनुसार नै खरीद गर्ने भएकोले यसमा समस्या नहुने उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ