arrow

काँग्रेसले विगत सच्याएर सरकारमा सामेल बन्नुपर्छ–नेपाल

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1570788267.jpeg
दाङ । नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण घडीमा प्रमुख दल नेपाली काँग्रेस प्रतिपक्षमा बस्न नहुने धारणा राखेका छन् । संविधान कार्यान्वयनका लागि एकता अपरिहार्य भएको भन्दै उनले काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । ‘संविधान कार्यान्वयन गर्ने विषय अहिलेको मुख्य विषय हो,’ प्रेस चौतारी नेपालले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस्तो महत्वपूर्ण विषयमा काँग्रेस प्रतिपक्षमा नबसोस्, विगत सच्याएर सरकारमा सामेल बन्नुपर्छ ।’ 

पुरानो भद्र सहमति तोडेर काँग्रेसले आफ्नो विश्वास गुमाएको दाबी गर्दै नेता नेपालले विगतको समीक्षा गरेर काँग्रेस अघि बढ्नुपर्ने सुझाव दिए ।  सरकारमा सामेल नहुने काँग्रेसको एकतर्फी अडान पश्चात नेता नेपाल आफैले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिदिन काँग्रेस समक्ष प्रस्ताव गरेको बताए । 

एकअर्को प्रसङ्गमा उनले पुरानो सम्वन्ध कायम राख्दै भारतलाई एक असल छिमेकी मित्रका रुपमा नेपालले अङ्गाल्न चाहेको उल्लेख गरे । उनले दिगो मित्रताका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतीय नियत सुध्रनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ