arrow

मेट ३० प्रोसँगै आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गर्दै हुवावेई

logo
एजेन्सी
प्रकाशित २०७६ असार २१ शनिबार
huawei5.jpg

काठमाडौं । चिनियाँ प्रविधि कम्पनीले आफ्नै अपरेटिङ सिस्टमसहितको स्मार्टफोन ल्याउने तयारी गरेको छ । हुवावेई सेन्ट्रलले सार्वजनिक गरेको एक प्रतिवेदनले हुवावेईले आफ्नो आगामी डिभाइस आफ्नै अपरेटिङ सिस्टमको प्रयोग गर्नसक्ने देखिएको देखाएको हो । उक्त डिभाइस मेट ३० प्रो हुनसक्ने बताइएको छ। 

यसअघि नै हुवावेईले आफ्नै अपरेटिङ सिस्टम (ओएस) ल्याउने तयारी गरेको समाचार सार्वजनिक भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईलाई कालोसूचीमा राखेसँगै गुगलले पनि हुवावेईलाई आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको आगामी अपडेट नदिने निर्णय गरेको थियो । 

यससँगै हुवावेईले आफ्नै अपरेटिङ सिस्टम ल्याउने समाचार बाहिरिएको थियो । यसले एन्ड्रोइड र विन्डोजलाई विस्थापित गर्नसक्ने बताइएको छ । 

हुवावेईले केही मुलुकमा होङमङ नामको ट्रेडमार्क दर्ता गराएको छ । यो कम्पनीको अपरेटिङ हुनसक्ने बताइएको छ ।

हुवावेईले आफ्नो नयाँ डिभाइसमा आफ्नो अपरेटिङ सिस्टम प्रयोगको तयारी शुरु गरेको छ । हुवावेईका एक स्रोतले दिएको जानकारीअनुसार कम्पनीले मेट ३० सँगै आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गर्ने तयारी गरेको हो । 

हुवावेईले आफ्नो मेट ३० उत्पादन आगामी अक्टोबर वा नोभेम्बरमा सार्वजनिक गर्नसक्ने बताइएको छ । यसको केही फिचर्सहरु अहिले सार्वजनिक भइसकेका छन् । तर, अहिलेसम्म सार्वजनिक हुने वास्तविक मिति भने तय भइसकेको छैन । 

हुवावेईका लागि आफ्नै अपरेटिङ सार्वजनिक गर्नुपर्ने बाध्यता छ । यसले हुवावेईले आगामी भविष्यको पनि तय गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ