arrow

पट्याउन मिल्ने फाइभजी फोन ल्याउँदै एप्पल 

logo
एजेन्सी
प्रकाशित २०७६ असार २१ शनिबार
Apple.png

काठमाडौं । सन् २०१९ वर्षलाई पट्याउन मिल्ने किसिमको स्मार्टफोनको वर्ष हुनसक्ने बताइएको थियो । तर, ग्यालेक्सी फोल्डमा देखिएको केही समस्याको कारण अझै पनि पट्याउन मिल्ने स्मार्टफोन प्रयोगकर्ताले प्रयोग गर्न पाएका छैनन् । यस बारेमा उल्लेख्य अध्ययन पनि जारी छ । 

यसै दौडमा अमेरिकी प्रविधि कम्पनी एप्पलले पनि आफ्नो पट्याउन मिल्ने स्मार्टफोन ल्याउने तयारी गरेको छ । आईएचएस मर्किटका विश्लेषक जेफ लिनले पट्याउन मिल्ने स्मार्टफोनको तयारी गरिरहेको दाबी गरेका छन् । तर, एप्पलले आईफोनका सट्टामा आईप्याड पट्याउन मिल्ने किसिमको ल्याउन लागेको हो । 

लिनका अनुसार पट्याउन मिल्ने स्मार्टफोनले फाइभजी सपोर्ट गर्नेछ । त्यसमा सेरिज ए प्रोसेसर हुनेछ । यसको डिजाइन कस्तो हुने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । 

लिनले आगामी वर्षको शुरुमा एप्पलले यो आईप्याड सार्वजनिक गर्नसक्ने बताइएको छ । तर, १८ महीनामा नै कम्पनीले नयाँ ट्याबलेट सार्वजनिक गर्नेमा भने आशंका देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ