arrow

शनिबार गएको भूकम्पको केन्द्रविन्दू भक्तपुर

logo
प्रकाशित २०७६ असार २१ शनिबार
earthquake-FNL-new.jpg.png

काठमाडौं । शनिबार दिउँसो आएको भूकम्प भक्तपुरलाई केन्द्र विन्दू बनाएर आएको भूकम्प मापन केन्द्रले जनाएको छ । अपराह्न सवा ४ बजे आएको भूकम्पको धक्का ४.६ म्याग्नेच्यूटको रहेको बताइएको हो । 

त्यस्तै, गृहमन्त्रालय अन्तर्गत्को राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले पनि भक्तपुरमा सवा ४ मा भूकम्पको धक्का गएको उल्लेख गरेको छ । 

शनिबार विहानैदेखि काठमाडौंमा वर्षा भइरहेको छ । भारी वर्षाकाबीच अपराह्न भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पबाट कुनैपनि क्षतिको जानकारी आएको छैन । भूकम्प भक्तपुरको दूधपाटी आसपासलाई केन्द्रविन्दू बनाएर आएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ