arrow

यसकारण बढ्यो काठमाडौमा गर्मी, अब के हुन्छ ?

logo
प्रकाशित २०७६ असार २२ आइतबार
sunlight-hot.jpg

काठमाडौं । यस वर्ष काठमाडौं लगायत देशभर ह्वात्तै गर्मी बढ्यो । मौसमविद्का अनुसार यस वर्ष काठमाडौंको अधिकतम तापक्रम यसरी बढ्यो कि ३० वर्ष अघिको गर्मी काठमाडौंमा दोहोरिएको छ । यद्यपि ३० वर्ष अघिको रेकर्ड भने तोडिएको छैन । 

यस वर्ष मनुसन सुरु हुने समयमा मनसुन सुरु भएन । १० दिन ढिलो गरी मनसुन सुरु भयो । १० दिन ढिलो सुरु भएको मौसम पनि कमजोर बन्यो । कमजोर मनसुनको कारण ठूलो वर्षा हुन सकेको छैन ।

मनसुन सुरु हुने समयमा मनुसन सुरु नहुँदा गर्मी बढ्ने मौसमविद्हरु बताउँछन् । वरिष्ठ मौसमविद् शान्ति कँडेल भन्छिन्, ‘यस वर्ष मनसुन सुरु हुन नै दिन १० ढिलो भयो । ढिलो भएको मनसुन पनि कमजोर भयो ।’ मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको उनको भनाइ छ ।

अहिले दिन लामो र रात छोटो हुने समय हो । यस्तो समयमा सूर्यका किरण धेरैबेरसम्म पृथ्वीमा पर्छन् । सूर्यका किरण लामो समय पृथ्बीमा पर्ने बेला मनसुन सक्रिय भएको छैन । 

मनसुन सक्रिय नहुँदा ठूलो वर्षा हुँदैन र बादल पनि त्यति लाग्दैन । ठूलो वर्षा नहुँदा र धेरै बेरसम्म बादल नलाग्दा गर्मी बढेको मौसमविद्हरूको विश्लेषण छ । सूर्यका किरण धेरै बेरसम्म पृथ्बीमा पर्ने बेला मनसुन सक्रिय भएको भए यस्ता गर्मी नबढ्ने मौसमविद्हरुको भनाइ छ । 

मौसम पुर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टा यता काठमाडौको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस छ । यो तापक्रम  सन् १९८९ को जुलाईमा गरिएकोसँग नजिक पुगेको देखिन्छ ।  

जुलाईमा महिनामा सबैभन्दा बढी तापक्रम सन् १९८९ को जुलाई २२ मा रेकर्ड गरिएको थियो । उक्त दिन काठमाडौको तापक्रम ३२ दशमलब ७ थियो । त्यसको ३० वर्ष पछि सन् २०१९ को जुलाइ १ मा काठमाडौमा रेकर्ड गरिएको अधिकतम तापक्रम ३२ दशमलब ६ थियो । 

जसबाट काठमाडौमा जुलाई महिनामा ३० वर्षअघि र अहिलेको गर्मी उस्तै उस्तै छ । यो रेकर्डबाट यस वर्ष जुलाइ महिनामा काठमाडौमा बढेको गर्मीले ३० वर्ष अघिको गर्मीलाई झल्को गराएको छ । मनसुन सक्रिय हुने बित्तिकै बढ्दै गएको गर्मी हल्का हुँदै जाने मौसमविद्हरु बताउँछन् । 

सन् १९८९  मे ७ मा  रेकर्ड भएको काठमाडौंको अधिकतम तापक्रम अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम हो ।

उक्त दिन काठमाडौको अधिकतम तापक्रम ३६ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड भएको थियो । त्यस यता ३६ दशमलब ६ सम्म काठमाडौंको अधिकतम तापक्रम पुग्न सकेको छैन ।
  
महाशाखाका अनुसार यस वर्ष जुलाई १ मा काठमाडौंको अधिकतम तापक्रम  ३२ दशमलब ६ पुगेको थियो । यो  रेकर्ड यस वर्षको सबैभन्दा उच्च तापक्रम हो ।  
 
महाशाखाका अनुसार काठमाडौं लगायत देशभर अझै ३ दिन अझै सक्रिय वर्षा हुने सम्भावना छैन । 

मौसम पुर्वानुमान महाशाखाले शनिबार निकालेको बुलेटिनमा अझै ३ दिन भारी वर्षा हुने सम्भावना देखाएको छैन । 

महाशाखाका अनुसार शनिबार राति एक दुई ठाउँमा भारी वर्षा हुने सम्भावना भए पनि आइतबार र सोमबार देशभर बदली भइ हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।  

।  यस वर्ष जुन महिनामा औसत वर्षा भन्दा झण्डै झण्डै आधा कम वर्षा भयो । महाशाखा अनुसार जुन महिनामा औसत वर्षा २ सय ३६ दशमलब ३ मिलिमिटर वर्षा हुनु पर्नेमा यस वर्ष जुनमा झण्डै आधा कम १ सय २५ दशमलब ५ मिलिमिटर वर्षा भयो । 

जुलाई महिनामा औसत वर्षा ३सय ६३ दशमलब ४ हुनुपर्ने महाशखाको भनाइ छ । महाशाखाका अनुसार यस वर्ष वर्षायाममा  नेपालको प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ का केहि भूभागहरुमा औसत भन्दा कम वर्षा हुने  बाँकी प्रदेशहरु गण्डकी, कर्णाली र सुदुर पश्चिममा औसत वर्षा हुने सम्भावना छ ।  
 
मौसमविद्हरुका अनुसार सामान्यता नेपालमा  मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । जस अनुसार यस वर्ष जेठ २७ बाटै नेपालमा मनसुन सुरु हुनु पथ्र्यो । तर त्यस्तो भएन । जसबाट देशभर गर्मी बढ्यो । 

मौसमविददका अनुसार साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । 

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्छ । सामान्यतया करिब ३० वर्षलाई औसत वर्षा भनिन्छ । यसैगरी सरदर वर्षाको ९० प्रतिशतदेखि १ सय १० प्रतिशत सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । 

सो भन्दा कम भएमा न्युन र बढि वर्षा भएमा अधिक वर्षा भएको मनिन्छ । मौसमवीद्का अनुसार बगांलको खाडीबाट र अरवयिन सागरबाट आएको जलवाषयुक्त हावाको प्रभावबाट नेपालमा मनसुन सुरु हुन्छ ।

मौसमविद्हरुका अनुसार मनसुन सुरु हुने बेलामा पनि न्युन चापीय रेखाहरु नेपालतिर नआउँदा सक्रिय वर्षा नभएको हो । 

नेपालमा बगांलको खाडीबाट जलवाषयुक्त हावा आउँछ । त्यसमा न्युन चापीय रेखाहरु बने पछि वर्षा सुरु हुन्छ । 

तर यस वर्ष न्यूनचापीय रेखा दक्षिणबाट उत्तर आउन सकेका छैनन् । जसबाट यस वर्ष मनसुन सक्रिय भएको छैन । मौसमविद्हरुका अनुसार अझै २–३ दिन न्युन चापीय रेखा नेपालतिर आउने सम्भावना छैन । 

वातावरणमा परेको असरले पनि नेपालको मौसममा उतारचढाव आएको मौसमविद् एवं वातावरणविद्हरु बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ